प्रयोग गरेर फालिएको मास्क जम्मा पारेर यसरी 'फर्निचर बनाउन सकिन्छ'
प्लास्टिक प्रदूषण कम गर्ने उद्देश्यले दक्षिण कोरियाका २३ वर्षीय युवकले मास्क फेरि प्रयोग गर्न सकिने एउटा जुक्ति निकालेका छन्। उनी डिजाइनका विद्यार्थी हुन् र मास्क पगालेर फर्निचर बनाउँछन्।
उनले आफ्नो विश्वविद्यालयबाट फ्याँकिएका हजारौँ थान मास्क सङ्कलन गरेर कुर्सी तथा अन्य फर्निचर बनाएका हुन्।
कोरोनाभाइरस महामारी फैलिएपछि अहिले मास्क प्रयोग अनिवार्यजस्तै बनेको छ।
तर एक पटक प्रयोग गरेपछि अधिकांश मास्क खेर जाने भएकाले प्रदूषण पनि बढ्दो छ।
अहिले विश्वमा प्रत्येक महिना १२९ अर्बवटा मास्क फ्याँकिन्छ। किमले आफ्नो उपाय प्रयोग गरिए समुद्रसम्म मास्क पुग्ने क्रम केही रोकिने अपेक्षा गरेका छन्।
अनि यो पनि


