तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब किएभको व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खस्यो
युक्रेनको राजधानी किएभमा गाडीको अगाडिको भागमा रहेको क्यामरा 'ड्याशक्याम' ले खिचेको यो दृश्यमा एउटा व्यस्त सडकमा रुसी क्षेप्यास्त्र खसेको देखिन्छ।
घटना गत सोमवार (मे २९) को हो। रुसले प्रायः अँध्यारोमा हवाई आक्रमण गर्ने गरेको छ। तर उक्त दिन दिउँसै किएभमा क्षेप्यास्त्र प्रहार भयो।
गाडीहरू गुडिरहेको सडकमा क्षेप्यास्त्र खसेको भए पनि उक्त घटनामा कोही पनि हताहत भएनन्।
क्षेप्यास्त्र खसेको शैली हेर्दा युक्रनी हवाई प्रतिरक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि नै उक्त क्षेप्यास्त्रलाई बीचैमा रोकिदिएको ठानिएको छ।
बीबीसीले ड्याशक्यामबाट खिचिएको यो दृश्यको तुलना घटनास्थलनजिकै सुरक्षा निगरानीका लागि जडित क्यामराबाट प्राप्त दृश्य र सञ्चारमाध्यममा प्रकाशित तस्बिरहरूसँग गरेको छ।
प्रहरीले थप अनुसन्धानका लागि क्षेप्यास्त्रको भग्नावशेष लगेको छ।
केही सातादेखि रुसले किएभमा क्षेप्यास्त्र प्रहार गर्ने क्रम बढाएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।