टी२० विश्वकपमा नेपालले ‘अप्रत्याशित नतिजा निकाल्न सक्ने’ महिला क्रिकेटरको आशा

टी२० विश्वकपमा नेपालले ‘अप्रत्याशित नतिजा निकाल्न सक्ने’ महिला क्रिकेटरको आशा

गत शनिवार सुरु भएको टी२० विश्वकपमा नेपालले "अप्रत्याशित नतिजा निकाल्न सक्ने" नेपाली महिला क्रिकेट खेलाडीहरूले बताएका छन्।

हाल एशिया कपको तयारीमा जुटिरहेका उनीहरूले विश्वकपमा नेपाली पुरुष टोलीको प्रदर्शन हेर्न आफूहरू निकै उत्साहित र आतुर रहेको बताए।

नेपालले मङ्गलवार अमेरिकाको ड्यालसमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेलेर विश्वकप यात्रा सुरु गर्न लागेको छ।

विश्वकपमा छनोट भएसँगै पुरुष टोलीले गरेको तयारी, शारीरिक तन्दुरुस्ती र आत्मविश्वासका आधारमा यसले राम्रो नतिजा निकाल्ने महिला क्रिकेट खेलाडीको विश्लेषण छ।

नेपाल यो प्रतियोगितामा बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिण अफ्रिकाजस्ता बलिया प्रतिस्पर्धी रहेको समूह 'ग्रूप अफ डेथ'मा छ।

महिला क्रिकेट खेलाडीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।