तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘नेपालले टी२० विश्वकपमा यसकारण बलिया प्रतिस्पर्धीलाई हराउन सक्छ’
केही दिनमा सुरु हुने टी२० विश्वकपमा नेपाल 'ग्रूप अफ डेथ' अर्थात् बाङ्ग्लादेश, श्रीलङ्का र दक्षिण अफ्रिकाजस्ता बलिया प्रतिस्पर्धी रहेको समूहमा छ।
नेपालले आज आयोजक अमेरिकासँग ‘वार्म-अप’ खेल खेल्दै छ। गत सोमवार क्यानडासँग भएको ‘वार्म-अप’ खेलमा नेपालले हार बेहोरेको थियो।
तर राष्ट्रिय क्रिकेट टोलीको तयारी र खेलाडीको पछिल्लो लयका आधारमा नेपालले बलिया राष्ट्रलाई समेत हराउन सक्ने अनुमान केही खेल विश्लेषकहरूको छ।
जुन १ बाट सुरु हुने विश्वकपमा नेपालले जुन ४ मा पहिलो खेल द नेदरल्यान्ड्ससँग खेल्नेछ।
त्यसपछि नेपालले जुन १२ मा दोस्रो, जुन १५ मा तेस्रो र जुन १७ मा लीग चरणको अन्तिम खेल खेल्नेछ।
विश्वकपको पूर्वसन्ध्यामा २०१४ को विश्वकपमा सहभागी भएका खेलाडी विनोद भण्डारी र नेपाली टोलीका पूर्वकप्तान पवन अग्रवालसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।