आगलागी भएको घरबाट बाहिर निस्किनुअघि कुकुरले पहिला आफ्नो डोरी खोज्यो
आगलागी भएको घरबाट बाहिर निस्किनुअघि कुकुरले पहिला आफ्नो डोरी खोज्यो
संयुक्त राज्य अमेरिकाको इलिनोइमा आगलागी भएको एउटा घरमा कुकुरको उद्धार गरिएको भिडिओ स्थानीय प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीको पोसाकमा जडित क्यामरा 'बडिक्याम' ले खिचेको दृश्यमा कुकुरले घरबाट बाहिर निस्किनुअघि उद्धार गर्न गएका प्रहरीलाई पहिला उसको डोरी भएतिर लिएर गएको देखिन्छ।
आगलागीको घटना हुँदा ओक्ली नामक उक्त चारवर्षे कुकुर घरमा एक्लै थियो।
गलामा डोरी बाँध्नासाथ ओक्ली प्रहरीसँग बाहिर निस्किन मान्यो। उसलाई कुनै पनि चोटपटक नलागेको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



