तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा नेताहरूको हत्या गर्ने योजना बनाएको आरोपमा एक पाकिस्तानी पक्राउ
- Author, नदिन यूसिफ
- Role, बीबीसी न्यूज
इरानसँग सम्बन्ध भएका एक पाकिस्तानी नागरिकलाई संयुक्त राज्य अमेरिकामा नेता र सरकारी अधिकारीहरूको हत्या गर्ने योजना बनाएको अभियोग लगाइएको छ।
अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले उक्त षड्यन्त्र "हत्यारालाई पैसा दिएर योजना खतरनाक योजना ... स्पष्ट रूपमा इरानको शैलीमा" भएको दाबी गरेका छन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएसले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार उनको निसानामा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पनि थिए।
अभियुक्तको नाम नाम आसिफ मर्चन्ट हो। प्रभावशाली अमेरिकी अधिकारीहरूको ज्यान लिन उनले न्यूयोर्कमा एक पेसेवर हत्यारालाई काममा लगाउन खोजेको अभियोग उनीविरुद्ध छ।
रिपब्लिकन पार्टीाले राष्ट्रपतिको उम्मेदवार बनाएका ट्रम्पको हत्या गर्ने एउटा इरानी योजनाबारे थाहा पाएपछि जुन महिनामा ट्रम्पको सुरक्षा बढाइएको थियो।
"विदेशीको इसारामा सार्वजनिक पदमा आसीन अधिकारी वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने योजना हाम्रो राष्ट्रिय सुरक्षाका लागि जोखिम हो। त्यसविरुद्ध एफबीआईले आफ्नो सम्पूर्ण स्रोत र साधनले प्रयोग गर्ने छ," मङ्गलवार रेले भने।
आसिफ मर्चन्ट को हुन्
आसिफ मर्चन्ट पाकिस्तानका नागरिक हुन्। उनी ४६ वर्षका भएको बताइएको छ।
उनी गत महिना पक्राउ परेका थिए। उनी अहिले उनलाई न्यूयोर्कमा सङ्घीय सरकारको हिरासतमा राखिएको छ।
अमेरिकाको न्याय मन्त्रालयले लगाएको अभियोगअनुसार मर्चन्ट एप्रिलमा पाकिस्तानबाट अमेरिका आएका थिए। तर त्यसअघि उनी केही समयका लागि इरान गएका थिए।
अमेरिकामा उनले हत्याको षड्यन्त्रमा सहयोग गर्न सक्ने एक व्यक्तिलाई सम्पर्क गरेको आरोप लगाइएको छ।
नाम नखुलाइएका ती व्यक्तिले पछि मर्चन्टबारे प्रहरीलाई त्यसबारे जानकारी दिए।
योजना के थियो
औँलाले बन्दुकको सङ्केत गरेर मर्चन्टले आफ्नो योजना के हो भन्ने ती व्यक्तिलाई इसारा गरेको बताइएको छ।
अभियोगपत्रमा उक्त काम "एक खेपको मात्र नभएर" बारम्बार सम्पर्क गरिएका व्यक्तिहरूको सहयोग पर्ने ठानिएको उल्लेख छ।
आफ्नो निसामामा परेका अधिकारीहरू मारिएपछि आफू अमेरिकाबाट बाहिरिने योजना मर्चन्टले ती पेसेवर हत्यारालाई सुनाएको बताइएको छ। उनले ती सहयोगीसँग त्यसपछि साङ्केतिक शब्द प्रयोग गरेर सम्पर्कमा रहने बताएका थिए।
अभियोगपत्रका अनुसार मर्चन्टले ती सहयोगीलाई सम्भावित हत्याहरूसँग भेट गर्ने चाँजोपाँजो मिलाउन भनेका थिए।
कसरी पक्राउ परे
छद्मभेषमा भएका एफबीआईका गुप्तचरहरूलाई हत्या गर्न तयार व्यक्तिका रूपमा प्रस्तुत गर्दै ती व्यक्तिले मर्चन्टसँग उनीहरूसँग गत महिना भेट गराइदिए।
अभियोगपत्रका उल्लेख गरिएअनुसार आफूसँग भेट गर्न आएका मानिसहरूलाई मर्चन्टले आफ्नो निसानामा भएका एक अधिकारीको घरबाट कागजपत्रहरू चोरी गर्न, राजनीतिक र्यालीहरूमा विरोधप्रदर्शनको व्यवस्था मिलाउन र एक "राजनीतिक व्यक्ति" को हत्या गर्न भनेका थिए।
मर्चन्टले आफ्नो निसानामा भएका व्यक्तिहरूलाई अगस्टको अन्तिम साता वा सेप्टेम्बरको पहिलो सातामा आक्रमण गर्ने योजना बनाएका थिए।
तर उनी पक्राउ परे।
'पेन्सिन्भेनियाको घटनासँग असम्बन्धित'
अभियोगपत्रमा ट्रम्पको नाम उल्लेख गरिएको छैन। तर सीबीएसले उद्धृत गरेका स्रोतले पूर्वराष्ट्रपति ट्रम्प पनि मर्चन्टको निसानामा परेका व्यक्तिमध्ये थिए।
गत महिना ट्रम्पको हत्याको प्रयास गरिएको पेन्सिल्भेनियाको बट्लरमा आयोजित एक र्यालीको घटना यससँग असम्बन्धित रहेको जनाइएको छ।
ट्रम्पविरुद्धको जुन १३ को उक्त घटनामा गोली प्रहार गर्ने २० वर्षीय युवकलाई टीक्रेट सर्भिसका स्नाइपरले घटनास्थलमै गोली प्रहार गरेर मारिदिएका थिए।
सन् २०२० मा इराकमा इरानी क्विड फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्या आदेश दिएयता ट्रम्प र उनका पूर्वविदेशमन्त्री माइक पोम्पेओ तेहरानबाट सुरक्षा चुनौती खेपिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।