प्यारिस ओलिम्पिक्स २०२४ का पाँच रोचक क्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
प्यारिस ओलिम्पिक्स २०२४ का पाँच रोचक क्षण

प्यारिस ओलिम्पिक्स २०२४ सम्पन्न भएको छ।

चालीस स्वर्णपदकसहित कुल १२६ जितेर संयुक्त राज्य अमेरिका पदकतालिकामा शीर्ष स्थानमा रहन सफल भयो। चालीसवटै स्वर्ण जितेको चीन दोस्रो र २० स्वर्णसहित जापान तेस्रो स्थानमा रहे।

यो ओलिम्पिक्सको अन्तिम स्वर्णपदक जित्न अमेरिकाले बास्केटबलमा फ्रान्सलाई हरायो। त्यो विजयसँगै अमेरिकाको कुल स्वर्णपदक ४० पुगेको हो।

यसपालि ओलिम्पिक्समा २०० वटाभन्दा बढी देश सहभागी भएका थिए। तीमध्ये ८४ वटा देशले मात्र पदक हात पारे। तीमध्ये ६२ वटाले स्वर्ण पदक जिते।

प्यारिस ओलिम्पिक्स विभिन्न कारणले चर्चामा रह्यो। तीमध्ये हामीले यहाँ पाँच रोचक क्षण प्रस्तुत गरेका छौँ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।