६ महिने यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्ष टोली पृथ्वीमा फर्कियो

तस्बिर स्रोत, Getty Images
चिनियाँ तीन अन्तरिक्ष यात्री आफ्नो ६ महिने चिनियाँ अन्तरिक्ष केन्द्रको मिसन पूरा गरेर पृथ्वी फर्किएका छन्।
नोभेम्बरमा सम्पन्न गरिएको टियनगङ अन्तरिक्ष केन्द्रको अन्तिम निर्माण चरण हेर्न उनीहरू जुन ५ तारिखमा अन्तरिक्षका लागि गएका थिए।
अन्तरिक्षयात्रीको टोली आइतवार चीनको भित्रि मंगोलियास्थित स्वायत्त क्षेत्रमा शेन्जो-१४ अन्तरिक्ष यान मार्फत अवतरण गरेका थिए।
चीनको अन्तरिक्ष निकायले उक्त मिसनलाई “पूर्ण सफल” भनेको छ।
कमाण्डर चन डुङ, टोली सदस्य लिओ आङ र साइ सुझेले अवतरणपछि प्रसारक सीसीटीभीले प्रसारण गरेको अडियोमार्फत आफूहरूले आराम महसुस गरेको बताएका थिए।

तस्बिर स्रोत, Getty Images
अवतरण क्षेत्रमा रहेका कर्मचारीहरूले शेन्जो-१४ बाट बाहिर निकाले जुन स्थानीय समय अनुसार बेलुकाको ८ बजे अवतरण गरेको थियो। उक्त यान अन्तरिक्ष केन्द्रबाट निस्किएको ९ घण्टापछि अवतरण गरेको थियो।
चीनकी पहिलो महिला अन्तरिक्ष यात्री याङले अन्तरिक्ष केन्द्रमा बिर्सनै नसकिने क्षण बनेको बताइन्। उनले सिन्ह्वा समाचार संस्थासँग “मातृभूमि फर्किन आफू उत्साही रहेको” पनि बताइन्।
अन्तरिक्षमा रहँदा तीन अन्तरिक्षयात्रीले टियनगङको दोस्रो र तेस्रो नमुनाको आगमन हेरे र नयाँ सुविधाहरूबारे जाँच र परीक्षण गर्न तीन पटक अन्तरिक्ष यात्रा पनि गरे।
पछि उनीहरूले आफ्नो यान अर्को टोलीलाई हस्तान्तरण गरेका थिए।
चिनियाँ तीन अन्तरिक्षयात्रीको टोली आफ्नो पहिलो टोली हस्तान्तरणका लागि अन्तरिक्ष केन्द्रमा बुधवार पुगेका थिए।
नयाँ टोली उत्तर-पश्चिम चीनस्थित गोबि मरुभूमिमा रहेको जिओचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट शेन्जो-१५ मा चढे।
उनीहरू पनि अन्तरिक्ष केन्द्रमा ६ महिनाका लागि बस्नेछन्। सन् २०११ मा नासा नेतृत्वको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रपछि स्थायी रूपमा बस्न योग्य अन्तरिक्ष केन्द्र हुनेछ।
चाइना म्यान्ड स्पेस एड्मिनिस्ट्रेसनका प्रवक्ताले नयाँ टोली अन्तरिक्ष केन्द्र वरपर उपकरणहरू जडान गर्ने काममा केन्द्रित हुने बताएका छन्।
सोभियत सङ्घ र अमेरिकापछि अन्तरिक्षमा अन्तरिक्ष यात्री पठाउने र अन्तरिक्ष केन्द्र बनाउने दुवै काम गर्ने चीन तेस्रो देश हो।
टियनगङ अन्तरिक्ष केन्द्र अर्थात् "हेभेन्ली प्यालेस " चीनको नयाँ स्थायी अन्तरिक्ष केन्द्र हो। यसअघि चीनले टियनगङ-१ र टियनगङ-२ नामक दुई वटा अस्थायी अन्तरिक्ष केन्द्र प्रक्षेपण गरेको थियो।
टियनगङ मिसन सुरु भएको दुई दशकमा चीनले प्रत्येक वर्ष दुई वटा मिसन प्रक्षेपण गर्ने ठानिएको छ।

तस्बिर स्रोत, Getty Images
चीनले भावी मिसनहरूका लागि अन्तरिक्ष यात्री चयन गर्न आवेदन लिने प्रक्रिया खुला गरेको छ जसमा यसअघि समावेश नगरिएका मकाओ र हङकङका “विशेष प्रशासकीय क्षेत्र” का आवेदकले पनि आवेदन दिन पाउनेछन्।
साँस्कृतिक क्रान्तिका कारण थुप्रै बाधाहरू झेलेको चीनले सन् १९७० मा पहिलो पटक आफ्नो उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो।
गत १० वर्षमा चीनले २ सयभन्दा बढी रकेटहरू प्रक्षेपण गरिसकेको छ।
चीनले चट्टानको नमुना सङ्कलन गरेर फर्किन चाङ्ग-अ फाइभ भनिने मानिस बिनाको अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेको छ।
उसले चन्द्रमाको सतहमा चिनियाँ झन्डा पनि गाडेको छ जुन पहिला अमेरिकाले गाडेका झन्डाभन्दा जानाजान ठूला थिए।








