चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

तस्बिर स्रोत, CGTN
- Author, जोनाथन आमोस
- Role, बीबीसी विज्ञान संवाददाता
- पढ्ने समय: २ मिनेट
चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ।
उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १:३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो।
अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ।
अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ।
चाङ्ग-अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ।

तस्बिर स्रोत, CNSA
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

चाङ्ग-अ फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर अनि सामग्रीहरू सङ्कलन गरेर बिताएको थियो।
ल्यान्डरले भुइँबाट चट्टान वा धूलो उठाएर थियो। उसले कति नमुना सङ्कलन गर्यो भन्ने स्पष्ट छैन, तर सम्भवत २-४ किलो सामान हुनुपर्छ।
त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो।

अमेरिकी एपोलो अन्तरिक्षयात्री र सोभियत रोबोटिक लुना अभियानहरूले चन्द्रमाको सतहको जम्मा ४०० किलो सामग्री सङ्कलन गरेका थिए।
तर ती नमुनाहरू धेरै पुराना थिए - तीन अर्ब वर्षभन्दा बढी पुराना। चाङ्ग-अ फाइभले ल्याएको चट्टान र धूलो भने अलि फरक नै हुनुपर्छ।
चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रलाई निशानामा पारेको छ।
यो क्षेत्रबाट ल्याइएको नमुना भने १.२ देखि १.३ अर्ब वर्षभन्दा पुरानो नहुन सक्छ। त्यसैले अहिलेको नमुना अध्ययन गर्दा त्यसले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्न सक्छ।



















