तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अरबी अक्षर लेखिएको लुगा लगाएर 'कुरानको अपमान' गरेको आरोप लागेकी युवतीको उद्धार
पाकिस्तानको लाहोर सहरमा अरबी लिपिमा लेखिएका शब्दहरूको बुट्टा अङ्कित कुर्था लगाएकी एक युवतीलाई कुरानको अपमान गरेको आरोप लागेपछि क्रुद्ध मानिसहरूको भिडबाट प्रहरीले जोगाएको छ।
मानिसहरूले उनले कुरानका श्लोकहरू छापिएको लुगा लगाएर इस्लाम धर्मविरोधी आचरण गरेको आरोप लगाएका थिए। पछि उनले क्षमा याचना गरिन्।
उनको कुर्थामा अरबी लिपिमा "हलवा" लेखिएको थियो। त्यो शब्दको अर्थ 'सुन्दर' भन्ने हुन्छ। इस्लामिक धर्मगुरुहरूले पनि ती महिलाले लगाएको लुगामा भएको बुट्टामा कुरानका श्लोक नभएको बताएका छन्।
पाकिस्तानमा ईशनिन्दा वा धर्मको अपमान गरेको ठहर भए मृत्युदण्डको सजाय हुने कानुनी प्रावधान छ।
तर ईशनिन्दा वा धर्मको अपमान गरेको आरोप लाग्दा वा अफवाह मात्र फैलिँदा पनि त्यहाँ दङ्गा फैलिन सक्छ। कहिलेकाहीँ भिडले आरोपितलाई कुटीकुटी मार्न पनि सक्छ।
ज्यान जोखिममा परेकी ती युवतीलाई उद्धार गर्ने महिला प्रहरी अधिकारीको धेरैले प्रशंसा गरेका छन्।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।