भारतको राजधानी दिल्लीमा जलसतह बढेसँगै सयौँको उद्धार

भारत वर्षा

तस्बिर स्रोत, ANI

यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ भने त्यहाँका मुख्य सडकमा बाढी पसेको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्।

अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।

बिहीवार बिहान यमुना नदिमा पानीको सतह अघिल्लो दिनको २०७.४९ मिटरबाट बढेर २०८.४६ मिटर पुगेको अधिकारीहरूले जनाएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।

दिल्ली

तस्बिर स्रोत, Reuters

दिल्ली

तस्बिर स्रोत, Reuters

red line
red line

रोयटर्स समाचार संस्थाका अनुसार बुधवार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका २,५०० शिविरमध्ये केहीमा सरेका थिए।

‘‘जलसतह बढ्ने क्रम जारी छ त्यहाँको अवस्था बाढी आएजस्तो छ,’’ केजरीवालले पानीको सतह ‘‘अझै बढ्न सक्ने’’ जनाउँदै सञ्चारकर्मीहरूसँग भने।

मौसमी मनसुनका बेला हुने वर्षा भारतको लागि निकै महत्त्वपूर्ण मानिन्छ तर यो सामान्यतया प्रत्येक वर्ष जनधन क्षतिको कारक पनि बन्छ।

दिल्ली

तस्बिर स्रोत, Reuters

भारतले पछिल्ला वर्षहरूमा बढ्दो रूपमा चरम मौसमको अनुभूति गरेको छ। उत्तर भारतका अधिकांश क्षेत्रमा चरम गर्मीको लहर महसुस गरिएको केही साता पछि लगातार वर्षा भएको छ।

बाढीका कैयौँ कारक छन्। तर विज्ञहरू विश्वव्यापी तापमानका कारण उत्पन्न जलवायु परिवर्तनले अत्यधिक वर्षाको सम्भावना बढाउने विज्ञहरूले औँल्याएका छन्।

red line
red line