'दुर्लभ घटना': रगतमा जुम्ल्याहा भाइको डीएनए भएकी महिला

'दुर्लभ घटना': रगतमा जुम्ल्याहा भाइको डीएनए भएकी महिला

ब्रजिलकी एक महिलाको शरीरमा उनका जुम्ल्याहा भाइको डीएनए पनि भएको तथ्य पत्ता लागेको छ। महिलाको शरीरमा पौरुष गुणसँग सम्बन्धित आनुवंशिक संरचना हुनुलाई निकै दुर्लभ मानिन्छ।

आना पाउला मार्टिन्सको शरीरमा रक्तकोषबाहेक सबै अङ्गप्रत्यङ्गमा नारीत्वका गुणहरू प्रदान गर्ने एक्सएक्स (XX) क्रोमसोमहरू नै छन्। तर रगतमा भने पुरुषमा मात्र पाइने एक्सवाई (XY) क्रोमसोम भएको कुरा संयोगवश पत्ता लागेको हो।

यस्तो दुर्लभ संयोग कसरी हुन पुग्यो? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।