इन्डोनेशियामा बाढीबाट जोगिन रूख चढेका मानिसको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इन्डोनेशियामा बाढीबाट जोगिन रूख चढेका मानिसको उद्धार

इन्डोनेशियामा समुद्री आँधीका कारण गत साता भएको मुसलधारे वर्षासँगै आएको विनाशकारी बाढीमा परी धनजनको ठूलो क्षति भएको छ। त्यहाँ मङ्गलवार दिउँसोसम्म मृतकको सङ्ख्या ६०० नाघेको सरकारी अधिकारीहरूले बताएका छन्।

बाढीग्रस्त क्षेत्रहरूमा अलपत्र परेका मानिसहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। कतिपय स्थानमा मानिसहरू बाढीमा बग्नबाट जोगिन नरिवलका अग्ला रूखमा चढेर बसेका छन्।

सयौँ मानिसहरू हराइरहेका छन् भने हजारौँ मानिसहरू घाइते भएका छन्।

घनघोर वर्षाका कारण इन्डोनेशियामा मात्र नभई थाईल्यान्ड, मलेशिया, फिलिपिन्स र श्रीलङ्कामा पनि लाखौँ मानिसहरू प्रभावित भएका छन्। त्यहाँ पनि कैयौँ मानिसले ज्यान गुमाएका छन्।

इन्डोनेशियाका आचे, उत्तर सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा ठूलो क्षति पुगेको छ। त्यहाँ बस्ने हजारौँ मानिसहरू बाह्य संसारबाट अलग्गिएका छन्। त्यहाँ अत्यावश्यक सामग्रीको आपूर्ति हुन सकेको छैन।

आचेकी एक स्थानीय बासिन्दाले बीबीसीलाई त्यहाँ "सुनामी आए जस्तै" भएको छ। "मेरी हजुरआमा यो उहाँको जीवनकालको सबैभन्दा नराम्रो बाढी हो," आरिनी आमालियाले भनिन्।

इन्डोनेशियामा बाढीबाट जोगिन रूख चढेका मानिसलाई उद्धार गरिएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।