विमान चढेर शक्तिशाली समुद्री आँधी पछ्याउँदै अमेरिकी वायुसेना
अमेरिकी वायुसेनाको एउटा टोलीले विमान प्रयोग गरेर हरिकेन मेलिसासँग सम्बन्धित डेटा सङ्कलन गरेको छ। त्यस क्रममा 'हरिके हन्टर्स' भनिने उक्त टोली 'क्याटगरी ५' अर्थात् सबैभन्दा शक्तिशाली स्तरको उक्त समुद्री आँधीको मध्यभागमाथि उडेको थियो।
हरिकेन मेलिसा यो वर्ष अहिलेसम्म उत्पन्न सबैभन्दा शक्तिशाली समुद्री आँधी हो। झन्डै २८२ किलोमिटर प्रतिघण्टाको वेगमा आउने यो आँधी जमैकामा बज्रिने र त्यसपछि क्युबा र बहमासतिर जाने ठानिएको छ।
यो आँधीका कारण हेइटी र जमैकामा केही व्यक्तिको मृत्यु भइसकेको विवरण आएको छ।
जमैकामा विद्यालय र विमानस्थलहरू बन्द गरिएको छ भने गहिरो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



