ट्रेल रनिङमा चम्किँदै गरेका खेलाडी भन्छन्, ‘दालभात खाएर मात्र अब जित्न सकिँदैन’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ट्रेल रनिङमा चम्किँदै गरेका खेलाडी भन्छन्, ‘दालभात खाएर मात्र अब जित्न सकिँदैन’

केही साताअघि मलेशियामा सम्पन्न एशिया ट्रेल मास्टर २०२४ मा ८५ किमि लामो दूरी झन्डै ११ घण्टामा पार गरेर खोटाङ्की प्रिया राई प्रथम बनिन्।

गत वर्ष इन्डोनेशियामा सम्पन्न एशिया ट्रेल मास्टर २०२३ मा धादिङ्की रसिला तामाङ पहिलो बनेकी थिइन्। उनी यसपटक तेस्रो बनिन्।

उनीहरू जस्तै अन्य नेपाली ट्रेल रनरहरूले विश्वभर नाम कमाइरहँदा नेपालमा भने खासै चर्चा नहुने र सरकारी निकायहरूबाट समेत सहयोग नहुने गरेको उनीहरूको गुनासो छ।

गोरेटो दौड नामले समेत चिनिने ट्रेल रनिङ के हो? र नेपालमा यसको सम्भावनाबारे दुई खेलाडीहसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।