१८ वर्षे आरोहीको उत्साह: ‘अप्ठेरो स्थितिमा आफू शेर्पा भएको सम्झिँदा हिम्मत आउँछ’
१८ वर्षे आरोहीको उत्साह: ‘अप्ठेरो स्थितिमा आफू शेर्पा भएको सम्झिँदा हिम्मत आउँछ’
१८ वर्षे निमा रिन्जी शेर्पा सबैभन्दा कम उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमाल चढेर कीर्तिमान बनाउने होडमा छन्।
सेप्टेम्बर महिनामै चीनको सिसापाङ्गमा हिमाल चढ्न अनुमति पाइसकेका शेर्पाले १६ वर्षको उमेरदेखि हिमाल आरोहण गर्न थालेका हुन्।
सङ्खुवासभामा जन्मेका उनले अप्ठेरो स्थितिमा आफू शेर्पा भएको सम्झिँदा हिम्मत आउने बताउँछन्।
१४ वटा हिमाल चढ्ने आफ्नो लक्ष्य पूरा भएमा धेरै युवाहरू प्रेरित हुनसक्ने उनी ठान्छन्।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



