मध्यरातमा सगरमाथाबाट शेर्पाहरूले यसरी गरे अचेत विदेशी आरोहीको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, झन्डै १५ घण्टा लगाएर दुई शेर्पाले कसरी गरे मलेसियाली आरोहीको उद्धार?
मध्यरातमा सगरमाथाबाट शेर्पाहरूले यसरी गरे अचेत विदेशी आरोहीको उद्धार

सगरमाथा आरोहण गरेर फर्किने क्रममा कठिन भू–भाग र प्रतिकूल मौसमबीच अचेत अवस्थामा भेटिएका मलेसियाली आरोहीको केही दिन अघि झन्डै १५ घण्टा लगाएर उद्धार गर्न सकेकोमा दुई पथप्रदर्शक हर्षित छन्।

गेल्जी शेर्पा र ङिमा शेर्पाले निकै जटिल र कठिन मानिने सगरमाथाको चौथो शिविर माथिबाट तेस्रो शिविरसम्म ल्याउन सफल भएका थिए।

त्यहाँबाट हेलिकप्टरबाट आधार शिविर हुँदै काठमाण्डू ल्याइएको र ती आरोही उपचारपछि स्वदेश फर्किसकेको उनीहरूले बताएका छन्।

अचेत र गम्भिर स्वास्थ्य अवस्थामा मध्यराति बाटोमा भेटिएका मलेशियाली आरोहीलाई उनीहरूले आफ्नो अक्सिजनसमेत दिएर सुरक्षित स्थानसम्म ल्याएको बताउँछन्।

आरोहीलाई बोकेर तल झार्दै गरेको देखिने उक्त भिडियोले अहिले सामाजिक सजालमा चर्चा कमाएको छ र उद्धारमा सहभागी शेर्पाहरूले प्रशंसा बटुलेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

आरोहीको उद्धार गर्दै शेर्पाहरू।

तस्बिर स्रोत, Gelje Sherpa