तपाईँलाई पनि दशैँमा खाने खल्पी बनाउने तरिका सिक्न मन छ कि!

तपाईँलाई पनि दशैँमा खाने खल्पी बनाउने तरिका सिक्न मन छ कि!

दशैँमा काँक्राको खल्पी खानुको मजा छुट्टै छ।

साधारण तरिकाबाट घरमा नै बनाउन सकिने यो अचारको स्वाद व्यक्तिपिच्छे केही फरक हुन सक्छ। 

झापा घर भएकी र अहिले भक्तपुरको बालकोटमा बस्ने जगदीश्वरी पौडेलले खल्पी बनाउन थालेको वर्षौँ भइसक्यो।

“मैले खल्पी बनाउँदा रायो, जिरा, नुन, तेल र बेसार मात्र प्रयोग गर्छु। पिरो मन पर्ने भएकाले त्यसमा डल्ले खुर्सानी पनि हाल्छु,” उनले बीबीसीसँग भनिन्।

उनले जस्तै जिब्रोमा ट्वाक्क लाग्ने खल्पी बनाउने तरिका जान्न सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।