तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दूधको प्याकेटबाट ‘ब्याग’ बनाउने बा
ललितपुर पाटनको वल्खु टोलका ८२ वर्षे बाबुकाजी महर्जन आफूलाई काममा व्यस्त राखिरहन्छन्।
उनले प्रसूति गृहको जागिरबाट अवकाश लिएकै दशकौँ बितिसक्यो, तर पनि उनी निकै जोस र जाँगर साथ सक्रिय जीवन बिताइरहेका छन्।
उनी आफूलाई काममा व्यस्त राखिरहन्छन्।
फ्याँकिएका दूधका प्याकेटबाट उनले चाखलाग्दा सामानहरू बनाउने गरेका छन्।
धेरै जसो आफ्ना लागि र आफ्नो घरकै प्रयोगका लागि बनाउँछन् भने केही केही सामान विदेशीले किन्छन् पनि।
“खेर जाने दूधको प्याकेट काटेर म ब्याग टोपी, चप्पल, मास्क र इस्टकोट जस्ता विभिन्न सामग्रीहरू बनाउँछु। बेच्नै पर्छ भन्ने पनि छैन नि। घरमा नै प्रयोग गर्न हुन्छ भनेर बनाउन थालेको,” उनले बीबीसी न्यूज नेपालीलाई बताए।
उनले दूधको प्याकेटबाट कसरी र कस्ता सामान बनाउँछन् भन्ने जान्न हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।