८० वर्षअघि आजकै दिन हिरोशिमामा के भएको थियो
दोस्रो विश्वयुद्धका बेला संयुक्त राज्य अमेरिकाले जापानका दुई सहरमा अणुबम प्रहार गरेको ८० वर्ष पुगेको छ।
त्यतिबेला हिरोशिमामा बस्ने साढे तीन लाख मानिसमध्ये ७८,००० को र नागासाकीका दुई लाख ४०,००० बासिन्दामध्ये ४०,००० जनाको तत्काल मृत्यु भएको अनुमान गरिएको छ।
अहिले विश्वका विभिन्न स्थानमा द्वन्द्व चर्किँदा परमाणुअस्त्र प्रयोग हुन सक्ने खतरा बढेको चर्चा हुने गर्छ।
हिरोशिमामा भएको अणुबम प्रहारका कारण प्रत्यक्ष प्रभावित एक महिला र उनको परिवारले उक्त घटनाबारे बीबीसीका जोर्डन डन्बरसँग के भने?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



