'आन्दोलन गर, वार्ता गर तर अबदेखि स्कूल बन्द नगर'

'आन्दोलन गर, वार्ता गर तर अबदेखि स्कूल बन्द नगर'

सामुदायिक विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरूका अभिभावकहरूले आक्रोश व्यक्त गरेका छन्।

उनीहरूले आफ्ना मागहरू सम्बोधन गर्दा लाखौँ विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने सुझाव दिएका छन्।

एकजना अभिभावक सावित्री आचार्यले भनिन्, 'आन्दोलन गर, वार्ता गर तर अबदेखि स्कूल बन्द नगर।'

विद्यालय शिक्षासम्बन्धी एउटा विधेयकमा समेटिएका विभिन्न प्रावधानप्रति असहमति जनाउँदै देशैभरि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू काठमाण्डूमा भेला भएका थिए।

शिक्षकहरूको माग सम्बोधन गर्ने सहमती सरकारले जनाएपछि आन्दोलन फिर्ता हुने भएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।