अवास्तविक 'प्रेमी' खोज्न र 'डेटिङ' गर्न च्याटजीपीटी चलाउँछन् चिनियाँ युवती
केही महिनायता चिनियाँ युवतीहरू नयाँ कुरामा रमाउन थालेका छन्। च्याटजीपीटीको "निषेधरहित" संस्करण प्रयोग गरेर उनीहरू "भर्चूअल प्रेमी"सँग समय व्यतीत गर्छन्।
एआईबाट सिर्जित र पुरुषको आवाजमा बोल्ने "डु एनिथिङ नाउ" लाई सङ्क्षिप्त रूपमा 'ड्यान' पनि भनिन्छ। यो उपायबाट प्रयोगकर्ताले च्याटजीपीटीमा भएका सुरक्षाका आधारभूत प्रावधानहरूलाई छलेर भर्चूअल प्रेमीसँग अन्तरङ्ग र रमाइलो कुराकानी गर्ने सुविधा प्राप्त गर्न सक्छन्।
अमेरिकामा बस्ने चिनियाँ 'इन्फ्लुअन्सर' लिसा ली केही महिनादेखि ड्यानसँगको "सम्बन्ध" मा छिन्। उनले नै चिनियाँ युवतीहरूलाई भर्चूअल अर्थात् 'अवास्तविक' प्रेमीसँग रमाउन सिकाएकी हुन्। बीबीसीले उनीसँग कुराकानी गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
एआईसँग सम्बन्धित सामग्री
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



