टाढा भएका प्रेमीप्रेमिकाका लागि भर्चूअल चुम्बन गर्ने यन्त्र

भिडिओ क्याप्शन सुरु हुँदैछ, टाढा भएका प्रेमीप्रेमिकालाई लागि भर्चूअल चुम्बन गर्ने यन्त्र

कोरोनाभाइरस महामारीका कारण संसारभरिका मानिसको जीवनशैलीमा केही न केही परिवर्तन आएको छ।

महिनौँ लकडाउन हुँदा चीनमा केही मानिसले छुट्टिएर टाढा बस्नुपरेका प्रेमीप्रेमिकालाई नजिकै भएको आभास दिलाउने वा प्रेम अभिव्यक्त गर्न सघाउने एउटा यन्त्रको आवश्यकता गरे।

अनि फोन प्रयोग गरेरै भर्चूअल चुम्बन गर्ने यो उपकरणको आविष्कार भयो।

यो उपकरण सिलिकनबाट बनेका कृत्रिम ओठमा जडित मोशन सेन्सरमा आधारित छ।

तिनले प्रयोगकर्ताको "किस डेटा" अर्थात् चुम्बनसम्बन्धी डेटा सङ्कलन गर्छन् र उक्त उपकरणले "जोडी बाँधिएको" अर्को उपकरणमा त्यो पठाउँछन्। अनि अर्को पक्षबाट प्रतिक्रियामा आएपछि ती सेन्सर फेरि सक्रिय हुन्छन्।

तर के यो उपकरणले ठूलो बजार लेला र प्रेमिल सम्बन्धको रूपरेखामा परिवर्तन ल्याउला?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि