बिहे गरेर छुट्टाछुट्टै बस्दा श्रीमान् र श्रीमतीको सम्बन्ध राम्रो बन्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिहे गरेर छुट्टाछुट्टै बस्दा सम्बन्ध राम्रो बन्छ?

जापानमा धेरै विवाहित जोडीहरू छुट्टाछुट्टै बस्न थालेका छन्।

यस्तो वैवाहिक सम्बन्धमा श्रीमान् र श्रीमती आआफ्नो घरमा बस्छन् र आफ्नै रुचिअनुसारको जीवनशैली अङ्गीकार गर्छन्।

के यस्तो सम्बन्ध सफल हुन सक्छ? अनि के वैवाहिक सम्बन्धका लागि सँगसँगै बस्नु आवश्यक हुन्छ?

बीबीसीको रीलले एउटा जापानी दम्पतीसँग भेटेर यो प्रचलन र उनीहरूको अनुभवबारे कुरा गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि