तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गिद्ध संरक्षणमा नेपालको महत्त्वपूर्ण उपलब्धि
सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको विज्ञहरू बताउँछन्। तर सन् २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो।
कुनै कुनै गिद्धको प्रजाति त अति सङ्कटापन्न अवस्थामा पुगेका थिए।
त्यसपछि सरकारले गिद्ध संरक्षण गर्न विभिन्न उपाय अपनायो।
संरक्षण कार्यक्रम सफल हुँदा नेपालमा सन् २०१६ मा २० हजारको सङ्ख्यामा पुग्यो।
दक्षिण एसिया र अन्य देशको तुलनामा नेपालले गिद्ध संरक्षणमा राम्रो परिणाम हात पारेको गिद्ध संरक्षण कार्यक्रम प्रबन्धक अङ्कितविलास जोशी बताउँछन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।