'विद्यालयमा पनि बम': म्यान्मारमा चुनावअघि हवाई हमला तीव्र, ज्यान जोगाउन भाग्दै सर्वसाधारण मानिसहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'विद्यालयमा पनि बम': म्यान्मारमा चुनावअघि हवाई हमला तीव्र, ज्यान जोगाउन भाग्दै मानिसहरू
'विद्यालयमा पनि बम': म्यान्मारमा चुनावअघि हवाई हमला तीव्र, ज्यान जोगाउन भाग्दै सर्वसाधारण मानिसहरू

म्यान्मारको पश्चिमी चिन प्रान्तमा सेनाले विद्यालयहरूलाई निसाना बनाएर हवाई हमला गरेको देखिने प्रमाण बीबीसीले हेरेको छ।

सेनाले शृङ्खलाबद्ध हवाई आक्रमण गर्न थालेपछि केही सातायता ज्यान जोगाउन हजारौँ मानिसहरू आफ्ना घरगाउँ छोडेर भागेका छन्।

म्यान्मारको सेनाले विद्रोहीहरूको नियन्त्रण भएका क्षेत्रहरूमा स्थल कारबाही पनि थालेको छ।

म्यान्मारको सैन्य सरकारले २८ डिसेम्बरमा निर्वाचन हुने जनाएको छ। त्यसअघि ती क्षेत्रहरू आफ्नो नियन्त्रणमा फर्काउने सेनाको उद्देश्य भएको बताइएको छ। तर धेरैले यो चुनावलाई सत्तामा टिकिरहने सेनाको दाउ भएको आरोप लगाएका छन्।

बीबीसीले म्यान्मारको सैन्य सरकारलाई उसमाथि लागेका आरोपहरूबारे सोधेको छ। तर प्रतिक्रिया आइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।