बाहिर हरियो, भित्र रातो : म्यान्मारमा विद्रोहीलाई सघाउँछन् सेनाभित्रका जासुसहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बाहिर हरियो, भित्र रातो : म्यान्मारमा विद्रोहीलाई सघाउँछन् सेनाभित्रका जासुसहरू

म्यान्मारको सेनामा विद्रोहीहरूलाई सूचना दिने सुराकीहरू सक्रिय भएको पाइएको छ। तिनलाई "वाटरमेलन" अर्थात् खरबुजा भन्ने गरिएको छ - बाहिर हरियो रङ्गको सैन्य पोसाक र भित्र रातो रङ्गको विद्रोह।

त्यस्ता गुप्तचर सहयोगी भर्नाका लागि उनीहरूले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन्। सेनाका गतिविधि र योजनाबारे सूचना दिनेहरूको एकाइलाई उनीहरूले "वाटरमेलन यूनिट" भन्ने गरेका छन्।

'बीबीसी आई'ले ती गुप्तचरहरूले म्यान्मारका प्रजातन्त्र समर्थक सशस्त्र समूहहरूलाई कसरी सघाइरहेका छन् भन्ने बुझ्न खोजेको छ।

म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिएको शनिवार, फेब्रुअरी १ मा चार वर्ष पूरा हुने छ। अहिले उसको पूर्ण नियन्त्रणमा देशको एकचौथाइ भाग मात्र छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।