रुसी विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

निगरानीका लागि प्रयोग गरिने ड्रोन

तस्बिर स्रोत, Getty Images

    • Author, जेम्स लान्डेल र हेन्री एस्टिअर
    • Role, किएभ र लन्डन

एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ।

यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ।

ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ।

रुसले ड्रोनको "आकस्मिक चाल"का कारण दुर्घटनाग्रस्त भएको बताएको छ। उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू-९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ।

रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो।

दुर्घटना मङ्गलवार मध्य युरोपेली समयअनुसार करिब सात बजेपछि भएको अमेरिकी सेनाले जनाएको छ।

"हाम्रो एमक्यू-९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो," एक विज्ञप्तिमा लेखिएको छ।

redline
redline

ठोक्किनुअघि एसयू-२७ विमानहरूले ड्रोनमा "लापरवाह, पर्यावरणीय हिसाबमा असुरक्षित र अव्यवसायिक ढङ्गमा इन्धन खसालेका थिए," लेखिएको छ।

अमेरिकाले वाशिङ्टनस्थित रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर उक्त घटनाको विरोध गरेको थियो।

बैठकपछि रुसी सरकारी सञ्चारमाध्यमले एन्टोनोभलाई उद्धृत गर्दै मस्कोले ड्रोन दुर्घटनालाई ‘उत्तेजना’को नतिजाका रूपमा व्याख्या गरेको बताएको छ।

सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा समेटेयता ब्ल्याक सीमा तनाव बढेको छ।

ड्रोन

तस्बिर स्रोत, Getty Images

अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सधैँ उडान सञ्चालित भए पनि रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेपछि अमेरिका र यूकेले त्यस क्षेत्रमा जासुसी र निगरानी उडानहरू बढाएका छन्।

अहिले मङ्गलवार रुसले अमेरिकी ड्रोन र त्यसको काममा बाधा पुर्‍याउने प्रयास गरेको थियो वा नियोजित रूपमा खसालेको थियो भन्ने प्रश्न सिर्जना भएको छ।

अमेरिकाका अनुसार यस क्षेत्रमा सम्बद्ध विमानहरूसँग अन्तरक्रिया गर्ने "रुसी विमान चालकहरूले जोखिमपूर्ण कार्यहरू दोहोराएका" छन्।

त्यसैले रुसी विमान चालकहरूको गल्तीका कारण ड्रोनको निकै नजिक पुगेको र दुर्घटना भएको हुनसक्ने सम्भावना छ। यदि यो नियोजित हमला हो भने यस घटनाले उत्तेजना बढाउने छ।

त्यस्तो अवस्थामा यस आक्रमणलाई क्रेमलिनले संयुक्त राज्य अमेरिकाको प्रतिक्रिया जाँच गर्न गरेको प्रयासको रूपमा हेरिनेछ।

पश्चिमा देशहरूले रुससँग प्रत्यक्ष टकराबमा उत्रिएर युक्रेन युद्ध रोक्न कडा प्रयास गरेका छन्।

तर अब ब्ल्याक सीमा भएको यस घटनाबारे अमेरिकाले आफ्नो प्रतिक्रियाको मूल्याङ्कन गर्नु पर्नेछ।

अमेरिकी सैन्य कमान्डरहरूले उनीहरूको विज्ञप्तिमा यसलाई “जोखिमपूर्ण कार्य” भन्दै चेतावनी दिएका छन्।