फाइटर विमानमा थाई महारानीको एकल उडान

भिडिओ क्याप्शन सुरु हुँदैछ,
फाइटर विमानमा थाई महारानीको एकल उडान
Published

थाईल्यान्डकी महारानी सुथिदाले आफू एक्लैले एउटा फाइटर जेट उडाएको थाई राजदरबारले जनाएको छ।

गत साता देशको दक्षिणी प्रान्त सुरात थानीमा महारानी सुथिदाले एकल उडान गर्दा राजा महा वजिरालङ्कर्नले जमिनबाट अवलोकन गरेका थिए।

राजदरबारका अनुसार महारानी सुथिदा अनुभवी पाइलट हुन् र उनले सन् २०१० मा विमान चलाउन थालेयता विभिन्न प्रकारका विमानहरू उडाएर १,१८८ घण्टा व्यतीत गरिसकेकी छन्।

उनले अन्य देशहरूमा हुने राजकीय भ्रमणका क्रममा राजालाई बोकेका विमानहरूमा को-पाइलटको जिम्मेवारी निर्वाह गरेकी छन्। थाई राजा महा वाचिरालोङ्कन आफू पनि विमानचालक हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।