तपाईँकाे सहर कति ताताे छ?

विश्व अझै तातो भइरहेको छ। जुलाई २०१९ हालसम्म अभिलेख गरिएकोमध्ये सबैभन्दा तातो महिना बन्ने देखिएको छ। पृथ्वीभरि विगत १० वर्ष यताको जुलाई महिनाको तापक्रम यो ग्लोबमा देखिएको जस्तै सन् १८८०-१९०० भन्दा बढी छ।

स‌न् १९०० यता विश्वव्यापी तापक्रममा आएकाे परिवर्तन देखाउने नक्सा

जलवायु परिवर्तनका नराम्रा प्रभावबाट जोगिन हामीले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन्। त्यो सामान्य रूपमा औद्योगिकीकरण सुरु हुनुभन्दा अघि सन् १८५०-१९०० तिरको तापक्रम हो।

त्यसयता पृथ्वी झन्डै एक सेल्सियसले तातो भइसकेको छ।

यो त्यति धेरै जस्तो लाग्दैन। तर तापमान वृद्धिलाई सीमित बनाउन कदम नचाले विश्वले प्रलयकारी परिवर्तन भोग्नुपर्ने विश्वतापमान वृद्धि बारेको अग्रणी अन्तर्राष्ट्रिय निकाय आईपीसीसीले जनाएको छ।

स‌मुद्रको तह बढ्नेछ जसका कारण लाखौँ मानिस विस्थापनको जोखिममा पर्नेछन्। हामीले थप प्रतिकूल मौसम जस्तै खडेरी, लू र भारी वर्षाको सामना गर्नुपर्नेछ अनि धान, मकै र गहुँजस्ता बाली उत्पादन गर्ने हाम्रो क्षमता जोखिममा पर्नेछ।

यदि अहिलेकै दरमा तापमान वृद्धि जारी रह्यो भने यो शताब्दीको अन्त्यसम्ममा ३-५ सेल्सियसले तापक्रम बढ्न सक्छ

तपाई‌ँँको सहर नजिकैको क्षेत्र कति तातिसक्यो पत्ता लगाउनुहोस् र अब के हुनसक्छ त्यो जान्नुहोस्।

यो इन्टर्याक्टिभ हेर्न आफ्नो ब्राउजर अप्डेट गर्नुहोस्।

पत्ता लगाउन तल स्क्रोल गर्नुहोस्

यसलाई अझ बुझिनेगरी हेरौँ। यो लाइनले १० वर्ष यताको प्रत्येक महिनाको औसत जनाउँछ। सबैभन्दा पछिल्लो जुलाई महिनाको औसत तापक्रम यो {{city}} मा {{startHighlight}}{{rolling_avg_2018_jul}}{{endHighlight}} र ज्यानुअरीमा {{startHighlight}}{{rolling_avg_2018_jan}}{{endHighlight}} थियो। तर सन् २१०० मा तापक्रम कति पुग्ला?

सबैभन्दा राम्रो परिस्थितिसन् २१०० का लागि प्रक्षेपण गरिएको तापक्रम

ज्यानुअरी: {{temp}} से (१९०० बाट {{diff}})

जुलाई: {{temp}} से (१९०० बाट {{diff}})

यो कसरी हुन सक्छ?

हरितगृह ग्यास उत्सर्जन शताब्दीको सुरुमा माथि जानुपर्छ र त्यसपछि नाटकीय रूपमा घट्नुपर्छ। यसले विश्वव्यापी तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्न सक्छ र त्यसरी उत्सर्जन सीमित गर्नका लागि कडा जलवायुनीति आवश्यक पर्छ।

निम्नमध्यम अवस्थाको परिस्थितिसन् २१०० का लागि प्रक्षेपण गरिएको तापक्रम

ज्यानुअरी: {{temp}} से (१९०० बाट {{diff}})

जुलाई: {{temp}} से (१९०० बाट {{diff}})

यो कसरी हुन सक्छ?

उत्सर्जन सन् २०४० सम्ममा उच्च विन्दुमा पुग्नेछ र त्यसपछि घट्दै जानेछ। जलवायु परिवर्तनलाई नियन्त्रण गर्न यसैलाई ध्यान दिँदै लक्ष्यहरू निर्धारण गरिएका छन्।

उच्चमध्यम सम्भावना भएको परिस्थितिसन् २१०० का लागि प्रक्षेपण गरिएको तापक्रम

ज्यानुअरी: {{temp}} से (१९०० बाट {{diff}})

जुलाई: {{temp}} से (१९०० बाट {{diff}})

यो कसरी हुन सक्छ?

यो केही हदसम्म निम्नमध्यम सम्भावना भएको परिस्थितिसँग मिल्दोजुल्दो छ तर हरितगृह ग्यास घट्ने क्रम २०८० यता सुरु हुँदैन।

सबैभन्दा नराम्रो परिस्थितिसन् २१०० का लागि प्रक्षेपण गरिएको तापक्रम

ज्यानुअरी: {{temp}} से (१९०० बाट {{diff}})

जुलाई: {{temp}} से (१९०० बाट {{diff}})

यो कसरी हुन सक्छ?

२१ औँ शताब्दीभरि उत्सर्जन कटौती नभए सबैभन्दा नराम्रो परिस्थिति उत्पन्न हुन्छ। विश्वव्यापी रूपमा यसले सन् २१०० सम्ममा तापमान वृद्धि ३ देखि ५ डिग्री सेल्सियससम्म हुन सक्छ।

यीमध्ये कुन परिस्थितिनजिकै हामी सन् २१०० मा पुग्छौँ भन्ने कुरा संसारभरिका देशहरूले चाल्ने कदममा निर्भर रहन्छ।

यसले कहाँ पुर्‍याउन सक्छ?

न्यूयोर्कको अवस्थिति देखाउने ग्लोब
न्यूयोर्कसंयुक्त राज्य अमेरिका

८० लाखभन्दा बढी जनसङ्ख्या रहेको न्यूयोर्क विश्वकै सबैभन्दा ठूलो सहरमध्ये एक हो। तर यो सहर तटीय क्षेत्रमा आउने बाढीसँगै आउने आँधी (जस्तै सन् २०१२ को अक्टोबरदेखि नोभेम्बरसम्म आएको स्यान्डी नामक समुद्री आँधी)को जोखिममा छ। स्यान्डी न्यूयोर्कको रेलमार्ग र सडकका सुरुङहरू हुँदै म्यान्ह्याटन प्रवेश गरेको थियो जसका कारण विद्युत् अवरोध हुनुका साथै ५० भन्दा बढी मानिसको ज्यान गएको थियो।

जलवायु परिवर्तनले अझ धेरै वर्षासहित शक्तिशाली आँधीहरू निम्त्याउन सक्ने ठानिएको छ। यसले समुद्री सतहलाई बढाइरहेको छ। न्यूयोर्कको तटीय अवस्थिति र झन्डै १५ किलोमिटर समुद्री किनारले यसलाई जलवायुसँग जोडिएका प्रभावबाट एकदमै जोखिममा पार्छ। अमेरिकाको आपत्कालीन सेवाले यो शताब्दीको मध्यसम्ममा उक्त सहरको एकचौथाइ भाग (जसले झन्डै १० लाख मानिसलाई समेट्छ) बाढीको जोखिमयुक्त क्षेत्रमा पुग्ने जनाएको छ।

आर्क्टिकको अवस्थिति देखाउने ग्लोब
द आर्क्टिक

उत्तरी धुव्र भनिने आर्क्टिक क्षेत्र जलवायु परिवर्तनको असरप्रति निक्कै संवेदनशील क्षेत्र हो र यो बाँकी विश्वभन्दा दुई गुणा चाँडो तातो भइरहेको छ। त्यसैले यसलाई तापमान वृद्धिको असरको दुष्प्रभावको सूचक मानिन्छ।

विश्वका अन्य भूभागहरू जस्तै आर्क्टिकमा वायु तथा जल तापक्रम वृद्धि भइरहेको छ। तर आर्क्टिक समुद्र गर्मीमा पग्लिने समुद्री हिउँबाट ढाकिएको छ जुन हिउँदमा पुन: जम्छ।हालैका दशकमा त्यो बरफ हिउँदमा पुन: जम्ने दरभन्दा द्रुत गतिमा पग्लिरहेको छ जसले गर्दा त्यो घटिरहेको छ। यसले आर्क्टिक क्षेत्रमा बाँकी विश्वको तुलनामा ठूलो तापमान परिवर्तनलाई निम्त्याइरहेको छ।

जकार्ताको अवस्थिति देखाउने ग्लोब
जकार्ताइन्डोनेशिया

झन्डै एक करोड जनसङ्ख्या रहेको इन्डोनेशियाको राजधानी विश्वमा द्रुत गतिमा भासिँदै गएको एउटा सहर. हो। सहरको उत्तरी क्षेत्रका केही भाग २५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गइरहेको छ। यो नाटकीय घटनाक्रम जमिन मुनिको पानीको अत्यधिक दोहनले निम्त्याएको समस्या र जलवायु परिवर्तनका कारण समुद्री सतहमा देखिएको वृद्धिको परिणाम हो। सहरलाई जोगाउन ४० अर्ब डलरको लागतमा ३२ किलोमिटर समुद्री पर्खाल र १७ वटा कृत्रिम टापुहरू निर्माण गरिँदैछ।

तर विज्ञहरू यो अल्पकालीन व्यवस्था मात्रै भएको बताउँछन्। उनीहरूले सन् २०५० सम्म जमिनमुनिबाट पानी निकाल्ने काम पूर्ण रूपमा बन्द गरिनुपर्ने र सहरले पाइपमार्फत् अन्यत्रै भण्डारण गरिएका पानीमा आफूलाई निर्भर बनाउन सिक्नुपर्ने बताएका छन्। तर पनि अन्य तटीय सहरमा जस्तै समुद्री सतहको वृद्धि चुनौतीका रूपमा रहनेछ। ऊर्जा केन्द्रहरूको विस्तारका कारण सिर्जना भएको थप तातो अवस्थाले पानीलाई विस्तार गरिरहेको छ र ध्रुवीय बरफलाई पगालिरहेको छ।