|
शब्दाडम्बर | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
नचाहिने शब्दको भारी वाक्यलाई कहिल्यै नबोकाउनुहोस्। त्यसले भनाइलाई बोझिलो र प्रभावहीन पार्छ: • मैले तीन महीनाको अवधिमा १२ जनाको अन्तर्वार्ता लिएँ। • ४० जनाको संख्यामा विद्यार्थीहरू फेल भएका थिए। • डाँकाहरूद्वारा तीन जनाको अमानवीय हत्या, दुई महिलाको पाशविक बलात्कार। (बलात्कार मानिसले मात्र गर्छ, पशुले गर्दैन। 'पाशविक' भनेर पशुहरूमाथि किन अन्याय गर्ने?) • सरकारका गृहमन्त्रीले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्नुभयो। • उहाँले कारखानाको स्थलगत निरीक्षण गर्नुभयो। सो अवसरमा नयाँ मशीनको प्रयोगात्मक परीक्षण गरियो। • प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त। • शहीदहरूलाई मरणोपरान्त सम्मानित गरिएको छ। • खोज्दै जाँदा चार जनाको मृत लाश फेला पर्यो। • जनताको जनादेशको सम्मान हुनुपर्छ। • उनको प्रतिभाको सही सदुपयोग हुन सकेको छैन। • मंचमा चढेर एउटा पनि गीत गाउन नसकेपछि नरेश हास्यास्पदको पात्र हुन पुग्यो। • दुवै जना उनको कोपभाजनका शिकार हुन पुगे। • राम तुलनात्मक रूपमा श्यामभन्दा परिश्रमी छ। • दुई वर्षभित्र कम्प्युटर शिक्षाको पर्याप्त विस्तारीकरण भएको छ। • राजनीतिक घटनाक्रममा हुँदै आएको उथलपुथल र परिवर्तनले देशलाई लोकतन्त्रको राजमार्गमा ल्याइपुर्याएको छ। ब्यर्थको बोझले किचिएपछि वाक्य थला पर्छ। बोझ हटाइदिनुहोस्: • हाल विद्यालय जान नसकिने अवस्था विद्यमान छ। • गैरजिम्मेवारीपूर्ण वक्तव्यको परिणामस्वरूप जनतामा उत्तेजना व्याप्त हुन पुग्यो। • झापामा विद्यमान खेतीयोग्य जमीनमा धानको राम्रो उत्पादन हुन्छ। • ऊ त्यति धेरै दिनहरूमा ठीक समयमा उपस्थित हुन सकेको थिएन। • ड्राइभरहरूको आन्दोलन निरर्थक देखिन थालेको तथ्यमा दुई मत हुन सक्तैन। • यस वर्ष अत्यधिक वर्षाका कारणले गर्दा धानको खेतीलाई बढीसेबढी नोक्सान हुन पुगेको कुरामा दुई मत हुन सक्दैन। • तत्कालीन परिस्थितिमा इतिहास विषयमा अध्ययनलाई अघि बढाउनु भविष्यमा रोजगारीका लागि त्यति उपयुक्त हुन नसक्ने मेरो सोचाइ रह्यो। • वर्तमान परिप्रेक्ष्यमा जहाँसम्म अनुशासनको सवाल छ, हाम्रा शिक्षण संस्थाहरूमा अध्ययनरत अधिकांश विद्यार्थीवर्गमा अनुशासनको उपयुक्त मात्रा विद्यमान नरहेको अवस्थालाई आज कसैले पनि नकार्न नसक्ने वस्तुतथ्य हामी सबैसामु छर्लङ्गै छ। 'आजभोलि विद्यार्थीहरू त्यति अनुशासित छैनन्' भन्दा बढी यस वाक्यमा केही भनिएको छैन। अनावश्यक प्रत्यय, विभक्ति, नामयोगी, क्रियायोगी आदिबाट जोगिनुहोस्: • आपसमा वैमनस्यता होइन सामञ्जस्यता बढोस् भनेर हामीले गाम्भीर्यतापूर्वक प्रयास गर्नुपर्छ। यस्तैः माधुर्य, चातुर्य, सौन्दर्य, धैर्य, बात्सल्य, प्राधान्य, बाहुल्य, सामर्थ्य, आधिक्य, ऐक्य, साम्य, औचित्य, सौजन्य, तादात्म्य, आतिथ्य, नैराश्य, सामीप्य, सान्निध्य जस्ता शब्दमा पनि 'ता' लगाउन हुँदैन। त्यसो गर्दा अशुद्ध हुन्छ। • सरकारमा देशप्रति बफादारिता र जनताप्रति जबाफदेहिता हुनु जरूरी छ। • उहाँले मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो। • अध्ययनलाई आफ्नो अहङ्कार बढाउनमा प्रयोग नगर। • म तपाईंहरूको मागमाथि पुनर्विचार गर्छु। • सम्पूर्ण विद्यार्थीहरू दुइटा हलहरूमा अटाएनन्। सँगसँगै आएका अन्य शब्द वा प्रसङ्गले एकभन्दा बढी / धेरै भन्ने अर्थ स्वतः स्पष्ट हुन्छ भने त्यहाँ 'हरू' को बोझ बोकाउनुहुँदैन। सोचाइ, भावना, रचनात्मकता जस्ता भाववाचक शब्दमा पनि सामान्यतः 'हरू' लगाइरहनुपर्दैन। • तामाङ समुदायले स्वायत्तताको माग गरेका छन्। स्पष्टताको मूल्यमा शब्द घटाउन वा वाक्य छोट्याउन भने हुँदैन: • मैले दुई सयको टिकट किनें। • नार्कका दुई वैज्ञानिक हिजो अमेरिकातर्फ लागेका छन्। • पीपीआरबाट खसीबाख्राको मृत्यु । • कब्जा सम्पत्ति चाँडै फिर्ता गरिने। • सडक अवरुद्ध स्थानमा रेस्टुराँ नहुँदा यात्रुहरू थप अपठ्यारोमा परेका छन्। |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||