|
अपमानजनक | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
आफ्ना कुरा अरूको मुखमा नकोच्याउनुहोस्: • हाम्रो यो रोचक एवं ज्ञानवर्धक कार्यक्रम तपाईंलाई कस्तो लाग्यो, लेखी पठाउनुहोस्। • आन्दोलनका नाममा मुट्ठीभर व्यक्तिले जुन अराजकता मच्चाइरहेका छन् यसबारे तपाईं के भन्नुहुन्छ? निकालिसकेपछि अर्काको प्रतिक्रिया माग्नु भनेको 'आन्दोलनकारीलाई अझ बढी गाली गरिदिनुहोस्' भन्नु हो। यसले पनि प्रतिक्रिया मागिने व्यक्तिको अवमूल्यन बाहेक केही गर्दैन। आरोपलाई सत्य झैं गरी प्रस्तुत नगर्नुहोस्: • डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएकोमा रोष प्रकट गरेका छन्। त्यसबाट बच्न भन्नुपर्छ ― डाक्टरहरूले स्वास्थ्यमन्त्री तानाशाह बन्दै गएको आरोप लगाउँदै त्यसप्रति/उहाँको रवैयाप्रति रोष प्रकट गरेका छन्। • प्रधानमन्त्रीले सामन्तवादको पृष्ठपोषक विपक्षी दलसँग आफ्नो पार्टीको सहकार्य हुन नसक्ने बताउनुभयो। तपाईं न्यायाधीश होइन। आफैं फैसला नगर्नुहोस्: • कार्यालयको गाडी खरीद गर्दा दुई लाख रुपैयाँ घूस खाएका प्रजिअविरुद्ध प्रमाणको अभावमा हालसम्म मुद्दा दायर गर्न सकिएको छैन। • बलात्कारी जिल्ला शिक्षा अधिकारी विरुद्ध शिक्षकहरूले दुई घण्टा धर्ना दिए। • सर्वोच्च अदालतको गलत निर्णय विरुद्ध प्रमुख बैंकहरूले संसदमा संयुक्त पत्र पठाएका छन्। • 'दोषीमाथि छानबिन गरी कारवाही गरिनेछ।' कुरुचिग्रस्त र फोहरी भाषाबाट बच्नुहोस्: • १२ वर्षकै उमेरमा सगरमाथा चढेर उनले मै हुँ भन्ने पर्वतारोहीहरूलाई झापड लगाइदिएका छन्। फोहरी विचारले भाषालाई फोहरी बनाउँछ र फोहरी भाषाले पनि विचारलाई फोहरी बनाउँछ। शिष्ट, सुरुचिपूर्ण भाषामा व्यक्त गर्न सकिने कुराका निम्ति झापड लगाउने, लोप्पा ख्वाउने, नंग्याउने, बलात्कार गर्ने, हत्या गर्ने जस्तो भाषा प्रयोग गर्नु असभ्यता हो र वाणी (वाग्देवी) को अपमान पनि। |
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||