Skip to main contentAccess keys helpA-Z index
BBCNepali.com
हिन्दी
उर्दू
बंगाली
तमिल
सिंहला
21 जुन, 2010 10:34 GMT सम्मका समाचारहरु
साथीलाई ई मेल गर्नुस्छाप्न मिल्ने
मलको अभावमा धान रोपाईंमा असर
नेपालका किसानहरुले मलको अभावमा वर्षौंदेखि भोग्दै आएको समस्याबाट यो पटक पनि पीडित हुनु परेको बताएका छन्।

खेतीमा निर्भर देशमा रोपाईं शुरु भइसक्दा पनि सरकारले कानमा तेल हालेर बसेको उनीहरुको गुनासो छ।

अधिकारीहरुचाहिं मल आपूर्तिको चाँजोपाँजो मिलाउन लागिपरेको बताउंछन्।

संकट

तर मल संकटले देशका धेरै ठाउँका किसानलाई पिरोलेको छ।

नेपालको अन्न भण्डार मानिने तराईको एउटा जिल्ला धनुषामा धान रोपाईं शुरु भइसकेको छ।

हाम्रा जनकपुरस्थित संवाददाता भन्छन्, धान रोपाइसँगै मल हाल्नु पर्ने कृषि विज्ञहरुले बताएपनि मलको अभावमा मल बिना नै रोपाईं भइरहेको छ।

किसानहरु मल नपाएर छटपटिन थालेका छन्।

किसानहरु खेतमा मजदूर लगाएर मल खोज्न सदरमुकाममा भौतारिरहेका छन्।

खेतमा कामदार लगाएर बजारमा मल खोज्दै दिन बित्ने गरेको उनीहरुको गुनासो छ।

महोत्तरी जिल्लाको बगरा गाउँ विकास समितिका एकजना किसानले भने, “हामी सबैलाई मलको हाहाकारले सताएको छ।“

भारतीय सीमा क्षेत्रमा रहेको धनुषाको झोझीकटैयाका किसानका अनुसार भारतबाट साइकलमा ल्याउने मलपनि रोकिएको बताए।

उनले भने, “हामीलाई त ज्यादै मर्का परेको छ।“

कृषि सामग्री कम्पनी जनकपुरका प्रमुख विष्णुकान्त झाले मल अभावको समस्या छिट्टै हल हुने बताए।

उनले भने, “हाल मलको अभाव भएपनि यो केही समय भित्र सहज हुनेछ।“

आपूर्ति

नेपालमा साढे पन्ध्र लाख हेक्टर जमिनमा धान खेती हुन्छ जसकालागि अनुमानित पाँच लाख मेट्रिक टन मलको आवश्यकता पर्छ।

चाहिने जति मलको आपूर्ति समयमै गर्न नसकेको भनी धेरै वर्षदेखि सरकारको आलोचना हुने गरेको छ।

त्यसले गर्दा उत्पादनमा पनि असर पर्दछ।

तर आपूर्ति स्थितिमा सुधार हुन नसक्दा किसानहरुलाई मर्का पर्ने क्रम चाहिं रोकिएको छैन।

ताजा समाचार
साथीलाई ई मेल गर्नुस्छाप्न मिल्ने
हाम्रो बारेमा|सम्पर्क ठेगाना|सहयोग|गोप्यता
BBC Copyright Logo^^ शुरुमा जानुहोस्
मुख पृष्ठ|अन्य आकर्षण|मौसम|कार्यक्रमहरु|साझेदारहरु|फ्रिक्वेन्सीहरु
BBC News >> | BBC Sport >> | BBC Weather >> | BBC World Service >> | BBC Languages >>