'अहिले पनि आफूले आफूलाई ऐनामा हेर्न मन लाग्दैन'

उनलाई चार वर्षको हुँदा म्यानेन्जाइटिज भयो। पछि रगतमा इन्फेक्सन भएर दुवै खुट्टा काट्नु पर्‍यो।

काठमा‍ण्डू डल्लुका ३५ वर्षीय डबल एम्प्युटि सुमित सुवाल अहिले लोकप्रिय विभिन्न व्यक्तिसँग काम गर्छन् र खासगरी उनीहरूको गितार बनाउँछन्।

“गितार बनाउन मैलै आफै सिकेको हुँ। अपाङ्गता भएपछि म कहीँ पनि जान नसक्ने भएँ। अनि मेरो काम नै गितार बजाउने र बनाउने भयो। त्यही गर्दा गर्दै यो यात्रामा जोडिएँ,“ उनले बीबीसी न्यूज नेपालीलाई बताए।

वितग १५ वर्षदेखि गितार बनाउने पेशामा लागिरहेका सुवाल निकै लामो स‌ङ्घर्ष गरेर यहाँसम्म पुगेको बताउँछन्।

“अरू हिँडेको देख्दा आफूलाई पनि दौडिन मन लाग्थ्यो। मन एकदम बेचैन हुँदा गाह्रो हुन्थ्यो। अनि आत्महत्याको प्रयास पनि गरेँ। अहिले पनि आफूलाई ऐनामा हेर्न मन लाग्दैन।“

हेर्नुस् उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: