तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पोखरा विमान दुर्घटनाः यती एअरलाइन्सको विमान खसेको ठाउँमा जे देखियो
काठमाण्डूबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज विमानस्थलनजिकै दुर्घटना परेको छ।
उक्त विमानमा ६८ यात्रु र चालक दलका चार सदस्य सवार रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन्।
दुर्घटनास्थलमा पुगेका पोखरास्थित पत्रकार कृष्णमणि बरालले खिचेको यो भिडिओमा धुँवाको मुस्लो देखिएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सवार यात्रुमध्ये ५३ जना नेपाली र पाँच भारतीय थिए।
उनका अनुसार विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।
घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाण्डू विमानस्थल पुगेको उनको आधिकारिक ट्वीटमा जनाइएको छ।
अनि यो पनि
- पोखरामा ७२ जना सवार यती एअरलाइन्सको विमान दुर्घटना
- दुर्घटनामा पर्नुअघि विमानले 'अवतरण गर्ने दिशा फेरेको थियो'
- के विमान बूढो हुन्छः पुरानो भएकै कारण दुर्घटना हुने सम्भावना कति
- यी हुन् नेपालमा भएका केही ठूला विमान दुर्घटना, कारणबारे विज्ञ यसो भन्छन्
- नेपालका धेरैजसो हवाई दुर्घटनामा 'मानवीय त्रुटि', गल्ती कहाँ हुन्छ?