इथिरिअम मर्ज: एउटा ठूलो क्रिप्टोकरेन्सी कसरी वातावरणमैत्री बन्दैछ

दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथिरिअम यसअघि भन्दा ९९.९ प्रतिशत कम ऊर्जा खपत गर्ने नयाँ प्रणालीबाट सञ्चालन हुन लागिरहेको छ।

द मर्ज नाम दिइएको यो परिवर्तनका लागि ८ वर्षको योजना अघि सारिएको छ।

यसले क्रिप्टोकरेन्सीका कारण वातावरणमा हानी पुग्छ भन्ने आलोचकहरूका लागि पनि जबाफ दिने ठानिएको छ। यसलाई गगनचुम्बी भवन नगिराइकन नै जग परिवर्तन गर्ने कामसँग तुलना गरिएको छ।

अन्य क्रिप्टोकरेन्सी भने अझै पनि ऊर्जा खपतका दृष्टिले संवेदनशील हुने ठानिएको छ।

अनि यो पनि