तलेजु भवानी काठमाण्डू: किन वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन तलेजु भवानीको मन्दिर वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्छ?

वसन्तपुर दरबारस्थित तलेजु भवानीको मन्दिर वर्षमा जम्मा एक पटक दशैँको नवमीको दिनमात्र सर्वसाधारणका लागि खुल्छ।

अन्य दिनमा आठजना पुजारीले मन्दिरको नित्य पूजा गर्ने गर्छन्।

सप्तमीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ।

सप्तमी, अष्टमी अनि कालरात्रिमा भवानीलाई ९ ओटा राँगा र ४२ वटा बोका बलि स्वरूप अर्पण गरिन्छ।

यो मन्दिर किन वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुला गरिन्छ र यी भवानीको नित्य पूजा कसरी हुने गरेको छ?

तलेजु भवानीका मूल पुजारी उद्धव कर्माचार्यसँग कुराकानी गरेर सिर्जना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: