नेपाल दशैँ: डमरुको डमडममा मालश्री बजाउने कीर्तिपुरका रामकृष्ण दुवाल

भिडिओ क्याप्शन सुरु हुँदैछ, दशैँ: डमरुको तालमा मालश्री बजाउने कीर्तिपुरका रामकृष्ण दुवाल

नेपालमा दशैँ सुरु भएसँगै गुञ्जिने मालश्री धुनलाई मौलिक नेपाली लोक धुन मानिन्छ।

विभिन्न बाजाको ताल र लयमा गाइने मालश्री शरद ऋतुसँग सम्बन्धित रहेको बताइन्छ।

प्राचीन कालमा मालश्री धुनमा सीमित बाजाको प्रयोग हुने गरे पनि अहिले आधुनिक बाजाहरूको प्रयोग बढेको वरिष्ठ गायक तथा वाद्य वादक रामकृष्ण दुवाल बताउँछन्।

डमरुको तालमा मालश्री बजाउँदै दुवालले भने, "मालश्रीले हाम्रो जीवन जिउने प्रक्रियालाई दिशानिर्देश गर्दछ।"

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: