वैदेशिक रोजगारीः ‘दशैँको मुखमा रहरले हैन, बाध्यताले देश छोड्नुपर्ने बाध्यता’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘परिवारको भविष्य बनाउन’: दशैँको मुखमा बिदेसिनुपर्ने बाध्यता

अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही मानिस भने रोजगारीका लागि विदेश गइरहेका छन्। तीमध्ये अधिकांश युवा छन्।

रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन्।

त्यसरी विदेश जान लागेका केही व्यक्तिसँग बीबीसी न्यूज नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गरेको छ।

अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका लागि भनेर आफू विदेशिन लागेको उनीहरू बताउँछन्।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

अनि यो पनि