जोर्जा मलोनी: इटलीमा दोस्रो विश्वयुद्धपछि पहिलो पटक अति दक्षिणपन्थी शक्तिको विजय निश्चित देखिएको मत सर्वेक्षणहरूको अनुमान

तस्बिर स्रोत, Reuters
अति-दक्षिणपन्थी नेता जोर्जा मलोनीले इटलीको निर्वाचनमा विजय हासिल गरेको दाबी गरेकी छन् र उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छिन्।
मत सर्वेक्षणहरूले इटलीको निर्वाचनमा अति दक्षिणपन्थी नेतृ जोर्जा मलोनीको विजय निश्चित भएको छ र उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छिन्।
यदि ती सर्वेक्षणहरू पुष्टि भएमा मलोनीले दोस्रो विश्वयुद्धपछि इटलीमा पहिलो पटक अति दक्षिणपन्थीहरूको सरकार गठन गर्नेछिन्।
इटली ईयूको तेस्रो ठूलो अर्थतन्त्र हो त्यसैले त्यहाँको निर्वाचन परिणामले धेरै युरोपेलीलाई चिन्तित पार्नेछ।
इटली युरोपेली सङ्घको संस्थापक र नेटोको सदस्य हो।
त्यसले उसले आगामी दिनमा लिने नीतिले युरोपेली क्षेत्रमा गहिरो प्रभाव पार्नसक्छ।
मलोनीले के भनिन्?
मतदानपछि बोल्दै मलोनीले उनको दल ब्रदर्श अफ इटलीले "सबैका लागि शासन गर्ने" र जनताको विश्वासलाई धोका नदिने बताइन्।
"इटलीका मानिसले ब्रदर्स अफ इटलीको नेतृत्वमा दक्षिणपन्थी सरकारको पक्षमा स्पष्ट सन्देश पठाएका छन्," उनले रोममा पत्रकारहरूलाई भनिन्।
उनले २२ देखि २६ प्रतिशत मत पाएर जित्ने प्रक्षेपण गरिएको छ।
मत सर्वेक्षक राईको सर्वेक्षण अनुसार उनका निकटतम प्रतिद्वन्द्वी इन्रिको लेत्ता हुनेछन्।
राईको पहिलो प्रक्षेपणले मलोनीको प्रभुत्त्वलाई दर्शाएको थियो।
त्यसले उनले सिनेटमा एक चौथाइ भन्दा बढी सिट ल्याउने देखाएको थियो।
ती अनुमानहरू निश्चित परिणामहरूमा आधारित छन्।
इटलियनहरूले संसद्को तल्लो सदन चेम्बर अफ डेपुटिज्का लागि पनि मतदान गरेका छन्।
मलोनीको मत
अहिले मलोनीको दक्षिणपन्थी गठबन्धनले सिनेट भोटको अनुमानित ४२.२ प्रतिशत मतसँगै दुवै सदनमा नियन्त्रण गर्ने देखिन्छ।
मत सर्वेक्षणहरूले मध्य दक्षिणपन्थी र वामहरूको गठबन्धनले २५.५ प्रतिशतदेखि २९.५ प्रतिशतसम्म ल्याउने देखाएका छन्।
डेमोक्र्याटिक पार्टीकी डेबोरा सेराकियानीले यो इटालीको लागि दुःखद् भएको बताइन्।
उनले दक्षिणपन्थीहरूको "संसद्मा बहुमत भएको तर देशमा नभएको"मा जोड दिइन्।
गत जुलाईमा इटालीको १८ महिना लामो राष्ट्रिय एकता सरकारको पतनपछि वामपन्थीहरू अन्य पार्टीलाई उपयुक्त चुनौती दिन असफल भए।
मतदानअघि नै अधिकारीहरू परिणामबारे निराश थिए।
जुजेप्पे कोन्टे नेतृत्वमा रहेको फाइभ स्टार मुभमेन्ट तेस्रो स्थानमा पुग्ने देखिएको छ।
कम मतदान
इटलीमा यो पल्ट खसेको मत नाटकीय रूपमा कम थियो।
मतदना बन्द हुँदा कुल ६३.८२ प्रतिशत भोट खसेको इटलीको आन्तरिक मन्त्रालयले बताएको छ।

तस्बिर स्रोत, Reuters
सन् २०१८ को तुलनामा त्यो १० प्रतिशतले कम हो।
विशेषगरी दक्षिणी क्षेत्रहरूमा मतदान कम भएको थियो।
इटलीको आगामी नेता को बन्छ भन्ने निर्णय मलोनीमा होइन, राष्ट्रपतिमा निर्भर छ र त्यसका लागि समय लाग्नेछ।
यद्यपि उनले आफ्नो छविलाई नरम बनाउन कडा मेहनत गरेकी छिन्।
त्यसका लागि उनले युक्रेनको समर्थनमा जोड दिएकी छन् र ईयूविरोधी आफ्ना अभिव्यक्तिलाई कम गरेकी छन्।
मलोनीको विचार
उनले तानाशाह मुसोलिनीको फासिस्टबाट पुनरुत्थान भएको युद्धपछिको आन्दोलनमा जरा गाडिएको ब्रदर्श अफ इटली पार्टीको नेतृत्व गरिरहेकी छन्।
यसै वर्षको सुरुमा उनले स्पेनको अति दक्षिणपन्थी भोक्स पार्टीका लागि गरिएको भाषणमा आफ्ना प्राथमिकतालाई व्यक्त गरेकी थिइन्।
उनले भनेकी थिइन्, "प्राकृतिक परिवार ठिक छ तर एलजीबीटी लबी होइन, लैङ्गिक विचारधारालाई स्वागत छ तर यौन पहिचानलाई होइन... इस्लामवादी हिंसा होइन… सिमाना सुरक्षित गर्नका लागि हो, आम बसाइसराइका लागि हैन... ठूलो अन्तर्राष्ट्रिय वित्तका लागि होइन... ब्रसल्सका नोकरशाहहरूलाई नाई नाई!"
मेलोनीका ईयूसम्बन्धी भनाइहरू हङ्गेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानसँग मिल्दाजुल्दा छन्।
उनका सहयोगीहरू अति दक्षिणपन्थी लिगका माटेओ साल्भिनी र पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कुनीको मध्य दक्षिणपन्थी फोर्जा इटालिया दुवै दलको रुससँग घनिष्ठ सम्बन्ध छ।
पचासी वर्षीय बेर्लुस्कोनीले गत साता भ्लादिमिर पुटिनलाई युक्रेनमा आक्रमण गर्न बाध्य पारिएको दाबी गरेका थिए भने साल्भिनीले मस्कोमाथि पश्चिमी प्रतिबन्धमाथि प्रश्न उठाएका थिए।









