डेङ्गी नेपाल: 'एकदम ज्वरो आयो अनि आँखाको गेडी खस्ला जस्तो भयो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा डेङ्गी: 'एकदम ज्वरो आयो अनि आँखाको गेडी खस्ला जस्तो भयो'

अहिले काठमाण्डू उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गी रोगका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

डेङ्गी लागेका बिरामीलाई कामजरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने लक्षण देखिएका छन्।

यो रोग नेपालमा पहिलोपटक विसं २०६१ मा चितवनमा देखा परेको सरकारी अभिलेख छ। यो वर्ष २,१७९ लाई डेङ्गी भइसकेको मन्त्रालयको तथ्याङ्क छ।

बहत्तर जिल्लामा फैलिसकेको डेङ्गीका अधिकांश सङ्क्रमितहरू काठमाण्डू उपत्यकामा छन्।

डेङ्गी रोग के हो, यसका लक्षण के-के हुन्, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि