डेङ्गी: लामखुट्टेले सार्ने यो रोग फैलिन नदिन के गर्नुपर्छ
अहिले काठमाण्डू उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गी रोग भएका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो वर्ष विभिन्न जिल्लामा २,१०० जनाभन्दा बढी मानिसमा डेङ्गी पुष्टि भएको छ।
यो रोग नेपालमा पहिलो पटक विसं २०६१ सालमा चितवनमा देखा परेको सरकारी अभिलेखमा छ। त्यसपछि अहिलेसम्म यो रोग ६६ जिल्लामा पुगिसकेको डा. अधिकारीले बताए।
एक प्रजातिको लामखुट्टेबाट सर्ने यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने विज्ञहरू बताउँछन्।
डेङ्गी रोग के हो, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?
डेङ्गीबारे विद्यावारिधि गरेकी रेश्मा तुलाधरसँग कुराकानी गरेर सृजना श्रेष्ठले यो भिडिओ बनाएकी छन्। डा. तुलाधर त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागमा प्राध्यापन गर्छिन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- 'चमत्कारिक' लामखुट्टेले डेङ्गी ७७ प्रतिशतले घटाउँछ
- वैज्ञानिकहरू लामखुट्टेको प्रेमजीवन बिथोल्न खोज्दैछन्
- डेङ्गी रोग फैलाउन सघाउँछन् थोत्रा टायरले
- के खोपले औलो निर्मूल पार्न सक्ला, जलवायु परिवर्तनको प्रभाव कस्तो
- उकालो चढ्दै लामखुट्टेः 'पहाडी र हिमाली भेगमा पनि औलो'
- एउटा सूक्ष्मजीव जसले औलो रोग सर्ने क्रम बन्द गरिदिन सक्छ