इजरेल-प्यालेस्टाइन तनावः एक वर्षपछिको सबैभन्दा गम्भीर हिंसा, इजरेलद्वारा केही सन्दिग्ध व्यक्तिहरू पक्राउ 

इजरेल

तस्बिर स्रोत, Getty Images

इजरेलले आफूले गाजा स्ट्रीपमा इस्लामिक जिहादका अर्का वरिष्ठ नेताको हत्या गरेको बताएको छ।

सैनिक अधिकारीहरूले खालेद मन्सुर रफा शहरमा गरिएको हवाई हमलामा मारिएको जनाएका छन्।

मङ्गलवार इस्लामिक जिहादका एक जना वरिष्ठ सदस्यलाई इजरेलले हत्या गरेपछि चर्किएको तनावमा कम्तीमा २४ जना प्यालेस्टिनीहरूले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्।

मारिनेमा ६ जना बालबालिका रहेका छन्।

विद्रोहीहरूले शुक्रवार यता इजरेलमा ३५० भन्दा बढी रकेट प्रहार गरेका छन्।

इजरेलले समूहको दिएको "धम्की" पछि हमला गरिएको बताएको छ।

गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौँ क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरेली सेनाले बताएको छ।

यो इजरेल र प्यालेस्टाइनबीच एक वर्षभन्दा केही बढी समयमा भड्किएको सबैभन्दा गम्भीर हिंसा हो।

सन् २०२१ को मे महिनामा भएको ११ दिने युद्धमा २०० प्यालेस्टिनीहरू र एक दर्जनको सङ्ख्यामा इजरेलीहरूको मृत्यु भएको थियो र पछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो।

इजरेल

तस्बिर स्रोत, Reuters

इजरेली सेनाले 'ब्रेकिङ डन' नाम दिइएको यस कारबाही एक सातासम्म चल्नसक्ने चेतावनी दिएको छ।

शनिवार इजरेली सहरहरूमा क्षेप्यास्त्र प्रहार हुनसक्ने चेतावनी दिने साइरनहरू बजेका छन्।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा स्ट्रीपको दक्षिणमा एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

तर अहिलेसम्म गाजा क्षेत्रको मुख्य सैन्य समूह हमासले आफ्ना ठूला क्षेप्यास्त्र प्रणालीबाट प्रहारहरू गरेको देखिँदैन।

यद्यपि हमासको विचारधारा पीआईजेसँग मिल्छ र उनीहरूले प्राय: आपसी समन्वयमा काम गर्छन्।

जसले गर्दा हमासलक्षित इजरेली हमलाहरू भएका विवरण आएका छैनन्।

त्यसअघि इजरेली हवाई हमलाहरूका कारण गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहका शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका थिए।

हमासले के भन्यो?

हमासले शुक्रवार राति कडा बयान जारी गर्दै "प्रतिरोधी समूहहरू" एकजुट भएको बताएको छ।

तर आफूले गाजालाई शासन गर्ने भएकाले आफ्नै व्यावहारिक विचारहरू रहेकाले थप संलग्न हुनलाई आफू रोकिन सक्ने उसको सङ्केत छ।

इस्लामिक जिहादले उत्तरी वेस्ट ब्याङ्कमा आफ्ना एक नेताको गिरफ्तारीको बदला लिने डरबीच इजरेलले गाजासँगको आफ्नो आवतजावत हुने क्षेत्र बन्द गरेपछि प्यालेस्टिनी क्षेत्रमा कठिनाइ उत्पन्न भएको छ।

यदि गाजामा नागरिकको मृत्युको सङ्ख्या द्रुत रूपमा बढ्यो भने हमासको आकलन परिवर्तन हुन सक्छ।

उसले लडाइँमा सामेल हुने निर्णय गरेमा यो चाँडै धेरै कडा खालको हुनेछ।

अवस्था यस्तै रहेमा प्राय: इजरेल र गाजाबीच इजिप्टका लागि कुनै प्रकारको युद्धविराम गराउने राम्रो मौका पनि बन्न सक्छ।

इजिप्टका सञ्चारमाध्यमले जनाए अनुसार कायरोका अधिकारीहरूले शनिवार त्यस्तो प्रक्रियाको एउटा भागको रूपमा पीआईजे प्रतिनिधिहरूको सम्भावित भेट आयोजनाको तयारी गरिरहेका छन्।

इजरेल

तस्बिर स्रोत, Getty Images

गाजाबाट इजरेलतर्फ रातभरि करिब २०० पटक क्षेप्यास्त्र प्रहार गरिएको इजरेली सेनाले जनाएको छ।

अधिकांशलाई आइरन डोम डिफेन्स प्रणालीले रोकेको थियो।

करिब ३० वटा इस्लामिक जिहाद समूह रहेको ठानिएका लक्ष्यमा हमला गरिएको इजरेल डिफेन्स फोर्स आईडीएफले बताएको छ।

त्यसमध्ये दुईवटा हतियार भण्डारण क्षेत्र र ६ वटा क्षेप्यास्त्र निर्माणस्थल छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाए अनुसार १२० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

इजरेलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट "एउटा तत्कालको जोखिम" देखिएपछि उक्त कारबाही गरिएको बताएका छन्।

यस साताको सुरुमा पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए।

इजरेली प्रधानमन्त्री याइर लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले "तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही" गरेको बताएका छन्।

पीआईजे गाजाको एक प्रमुख लडाकू समूह हो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, पीआईजे गाजाको एक प्रमुख लडाकू समूह हो

आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ।

जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ।

त्यहाँ भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको थियो।

तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्

उनीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन्।

इजरेलका आन्तरिक मामिला मन्त्री आइलेट सखेदले च्यानल १२ न्यूजसँग भनिन्, "यो कस्तो हुन्छ भन्छ भन्ने हामीलाई थाहा छैन... तर यसले समय लिनेछ...यो लामो र कठिन [द्वन्द्वको] चक्र हुनसक्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, वेस्ट ब्याङ्कका प्यालेस्टिनीहरू राज्य बनाउने अवसर गुम्ने चिन्तामा

इरान भ्रमणका क्रममा राजधानी तेहरानमा बोल्दै पीआईजेका महासचिव जयद अल-नखलाले भनेका छन्, "यस उक्साहटका लागि हामी बलपूर्वक जवाफ दिनेछौँ, र त्यहाँ लडाइँ हुनेछ जसमा हाम्रा मानिसहरूले जित हासिल गर्नेछन्।"

"यस युद्धको लागि त्यहाँ कुनै रेड लाइनहरू छैनन्...र तेल अभिभ रकेटको सामना गर्ने अवस्थामा हुनेछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेलले एपी र अल जजिराको कार्यालय बसेको भवन ध्वस्त पारिदिएपछि

सोमवार राति इजरेलले वेस्ट ब्याङ्कमा पीआईजेका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेको थियो।

उक्त पक्राउपछि इजरेलले गाजासँग जोडिएका बस्तीहरूमा पीआईजेले सर्वसाधारण र सैनिकहरूमाथि हमला गर्नसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको थियो।

इरानको साथ पाएको पीआईजेको सिरियाको राजधानी दमास्कसमा मुख्यालय छ।

र उक्त समूह गाजामा रहेको शक्तिशालीमध्येको लडाकू समूह हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो

विगतदेखि नै उक्त समूह इजरेलविरूद्ध रकेट हमला, गोली हानाहान सहितका कैयौँ हमलामा जिम्मेवार पाइन्छ।