शिन्जो आबेः जब पूर्वप्रधानमन्त्रीमाथि गोली चलेको आवाज सुनियो

जापानको पश्चिमी नगर नारामा एउटा चुनावी अभियानमा सहभागी भइरहँदा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली चलेको भिडिओ फुटेजमा देखिन्छ।

उक्त फुटेजमा सन्दिग्ध बन्दुकधारीलाई सुरक्षाकर्मीहरूले भुइँमा लछारपछार गरिरहेको पनि देखिन्छ।

घटनालगत्तै आबेलाई हेलिकप्टरमार्फत्‌ अस्पताल पुर्‍याइएको थियो जहाँ पछि उनको निधन भएको घोषणा गरियो।

अधिकारीहरूका अनुसार उनको दायाँपट्टि गर्दनमा चोट लागेको थियो र त्यो घाउ मुटुसम्म पुगेको थियो।

आबे जापानमा सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि