तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिराला र खेलौना रेलले जोगाइदिएको जापानी रेस्टुराँ
जापानको ओसाकामा कोभिड महामारीका कारण सङ्कटमा परेको एउटा रेस्टुराँ भाग्यवश बन्द हुनबाट जोगिएको छ। रेस्टुराँका मालिकले त्यसको श्रेय बिरालाहरूलाई दिएका छन्।
उनका अनुसार आफ्ना कर्मचारीले त्यहाँ बिरालोको एउटा छाउरो ल्याएपछि उसकी माउले अरू बच्चा पनि लिएर आई। ती बिरालाहरू उक्त रेस्टुराँमा राखिएको खेलौना रेलको सेटमा रमाउन थाले।
त्यो हेर्न ग्राहकहरूको घुइँचो लाग्न थालेपछि आफ्नो व्यापार बढेको र सङ्कटको मुखबाट आफू उम्किएको रेस्टुराँधनीले बताएका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि