युक्रेन-रुस तनावः किएभको सडकमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो

किएभको सडकमा रुसी ट्याङ्कले कारलाई किचेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ। रुसी सैनिकहरू आक्रमणको दोस्रो दिन शुक्रवार किएभ पुगेका हुन्।

स्थानीयवासीहरूले खिचेको भिडिओमा बाटोमा गुडिरहेको कारलाई हान्नुअघि रुसी सेनाको ट्याङ्क केही मोडिएको देखिन्छ। उक्त कार चलाउने एक वृद्ध व्यक्ति भाग्यवश बाँचे।

रुसी सेना किएभ आइपुगेपछि धेरै किएभवासीहरू बाहिर गएका छन् वा भूमिगत बम शेल्टरमा आश्रय लिन गएका छन्।

अनि यो पनि