युक्रेन-रुस तनावः रुसी सेनाले आक्रमण गरेपछि विभिन्न सहरमा गोली चलेको र विस्फोटनको आवाज

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसले आक्रमण गरेपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। त्यसका लागि सैनिकहरूले युक्रेनी सीमा पार गरेका छन् भने ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

केही स्थानमा क्षेप्यास्त्र प्रहार भएको विवरण प्राप्त भएको छ। बम आक्रमण भएपछि चूगूएफमा एउटा आवासीय भवन क्षतिग्रस्त भएको छ।

रुससँग कसैले जोरी खोज्ने प्रयास गरे मस्कोले "तत्काल" प्रतिक्रिया दिने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन्।

युक्रेनले युद्ध रोक्न "सम्भव भएका सबै कुरा गर्न" संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ।

अनि यो पनि