युक्रेन-रुस तनावः आफ्नो भूमिको रक्षा गर्न तम्सिएका युक्रेनका स्वयंसेवी लडाकु

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू

युक्रेन सरकारले रुसको सम्भावित आक्रमणलाई खासै ठूलो महत्त्व नदिइएको जस्तो गरिरहेको छ। तर उसले प्रतिकूल अवस्थाका लागि तयारी गरिराखेको छ।

सन् २०१४ मा रुसले युक्रेनबाट क्राइमिया खोसेर आफ्नो भूभागमा गाभेपछि युक्रेनले जगेडा सैनिक तयार पार्न एउटा सैन्य बल गठन गर्‍यो।

गत वर्ष देशको रक्षानीतिअन्तर्गत सम्भावित रुसी हस्तक्षेपबाट जोगिन भन्दै उसले सर्वसाधारणका लागि सैन्य अभ्यास खुला गर्‍यो।

अहिले रुस र युक्रेनबीच फेरि तनाव चुलिँदा के गर्दैछन् त त्यस्ता स्वयंसेवक लडाकुहरू? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि