युक्रेनमाथि रुसद्वारा आक्रमणः यूके, ईयू र अन्य पश्चिमा राष्ट्रले गरे निन्दा तर सेना नपठाउने
राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेको छ।
लाइभ कभरेज
युक्रेनको राजधानी किएभतिर अघि बढ्दै रुसी सेना
राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ।
रुसी सैनिकहरू अहिले बिस्तारै राजधानी किएभतर्फ बढ्न थालेका छन्।
युक्रेन-रुस तनावबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।
आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।
रुसले युक्रेनमा आक्रमण गरेपछि के भयो?
रुसी सैनिकहरू पूर्वी युक्रेनमा प्रवेश गरेपछि अहिलेसम्म भएका मुख्य घटनाक्रमहरू यस्ता छन्ः
रुसी सेनाले युक्रेनमा ठूलो सैन्य आक्रमण थालेपछि ठूला सहरनजिकै क्षेप्यास्त्र प्रहार तथा विस्फोटन भएका विवरणहरू प्राप्त भएका छन्
युक्रेनको सेनाले कम्तीमा
छवटा रुसी विमान खसालिदिएको दाबी गरेको छ भने कम्तीमा ४० युक्रेनी सैनिकको मृत्यु भएको
जनाएको छ
युक्रेनमा केही सर्वसाधारण
नागरिकको पनि मृत्यु भएको विवरण प्राप्त भएको छ
मानिसहरू युक्रेनको राजधानी
किएभ छोडेर अन्यत्र जाने प्रयास गरिरहेका छन्, रुसी आक्रमणका कारण मानिसहरू स्तब्ध देखिन्छन्, राजधानीमा सम्भावित हवाई आक्रमणको चेतावनी दिन साइरन बजाइएको छ
नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले
रुसी आक्रमणको निन्दा गरेका छन्
यूकेका प्रधानमन्त्री बोरिस
जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा "हिंसाको ज्वारभाटा"
उत्पन्न गराएको टिप्पणी गरेका छन्
यूके, ईयू र अन्य पश्चिमा साझेदार राष्ट्रहरूले रुसलाई
दण्डित गर्न रुसविरुद्ध थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्, तर उनीहरूले आफ्नो सेना नपठाउने भएका छन्
भ्लादिमिर पुटिनले कसैले रुससँग
जोरी खोज्ने प्रयास गरे तत्काल प्रतिकार गर्ने चेतावनी दिएका छन्
कतै सङ्घर्ष, कतै हवाई आक्रमण हुनसक्ने चेतावनी दिन साइरन
तस्बिर स्रोत, AFP
युक्रेनमा अहिले अन्योलको स्थिति छ र घटनाक्रम तीव्र गतिमा विकसित भइरहेको छ।
रुसी सैनिकहरू पूर्वमा पृथक्तावादीहरू भएको डोन्बास क्षेत्र, उत्तरमा बेलारुस र दक्षिणमा क्राइमियासहित धेरैतिरबाट युक्रेन छिरेका छन्।
अधिकांश सङ्घर्ष पूर्वमा केन्द्रित छ।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभका बासिन्दाहरूका अनुसार रुसी र युक्रेनी सेनाबीच बम हानाहान हुँदा निरन्तर विस्फोटनका कारण आवासीय भवनका झ्यालहरू थर्किने गरेका छन्।
उत्तरमा राजधानी किएभ र दक्षिणमा बन्दरगाह सहर ओडेसा र मारिऊपोलमा दोहोरो भिडन्त भएका विवरणहरू प्राप्त भएका छन्।
रुसले युक्रेनी सैन्य आधारशिविर र विमानस्थललाई निसाना बनाएर हवाई आक्रमण गरेको छ। किएभनजिकै रहेको एउटा महत्त्वपूर्ण विमानस्थलमा ठूलो सङ्घर्ष भइरहेको बताइएको छ।
तस्बिर स्रोत, AFP
युक्रेनी सेनाले कम्तीमा छवटा रुसी विमान खसालेको दाबी गरेको छ भने रुसले ७० वटाभन्दा बढी युक्रेनी सैन्य स्थलमा क्षति पुर्याइएको जनाएको छ।
धेरै युक्रेनीहरूले सुरक्षित स्थलमा आश्रय लिन वा ठूला सहर छोडेर अन्यत्र जान खोजिरहेका छन्। राजधानी किएभ बाट हजारौँ मानिस बाहिर गएको देखिएको छ।
रुसले हवाई आक्रमण गर्न सक्ने डर फैलिएको बेला युक्रेनस्थित बीबीसीका सहकर्मीहरूका अनुसार सहरको मध्यभागमा साइरन बजेको सुनिन्छ।
धेरै मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका छन् भने सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।
तस्बिर स्रोत, STATE EMERGENCY SERVICE /Reuters
युक्रेनमा भएका नेपालीलाई यस्तो छ सुझाव
जर्मनीस्थित नेपाली राजदूवासले युक्रेनमा रहेका नेपालीहरूलाई हवाईमार्गबाट तत्काल देश छोड्न सम्भव नदेखिएको भन्दै आफू सुरक्षित रहन र सम्भव भए सडक वा तथा रेलमार्गबाट पश्चिमी युक्रेनतिर अझ सुरक्षित स्थानमा जान सुझाव दिएको छ।
एउटा विज्ञप्तिमार्फत् दूतावासले नेपाली नागरिकहरूलाई संयमित भई अहिले आफू बसोबास गरेको स्थानमा घरभित्रै बस्न र युक्रेन सरकार तथा अन्य निकायले जारी गरेको निर्देशन पालना गर्न लगायत विभिन्न सुझाव दिएको छ।
उक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको हो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
यो पनि पठ्नुहोस्
युक्रेनबाट नेपालीको उद्धारबारे के गर्दै छ सरकार?
युक्रेनमा रहेका नेपाली भन्छन्- ‘सरकारले चाँडै जहाज पठाउने प्रतीक्षामा छौँ’
नेपालको परराष्ट्र मन्त्रालयले के भन्यो
पूर्वी युक्रेनस्थित सैन्य हवाई मैदानमा धुवाँको मुस्लो
युक्रेनमा रुसी आक्रमण जारी रहेको बेला त्यसको साक्षी बनेका पत्रकारहरूले युक्रेनभरिबाट त्यससम्बन्धी विवरणहरू पठाइरहेका छन्।
पूर्वी युक्रेनबाट प्राप्त भिडिओ र तस्बिरमा चूगूएफनजिकै रहेको एउटा सैन्य हवाई मैदानमाथि धुवाँको मुस्लो उडेको देखिन्छ।
भिडिओको आधिकारिकता पुष्टि भएको छ। तर त्यसको स्रोत पत्ता लागेको छैन।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
रुसी सेनाको दाबी के छ?
रुसी सेनाले आक्रमणको प्रकृति र त्यसको औचित्यबारे विभिन्न दाबीसहित वक्तव्य जारी गरेको छ।
उसले आफूले समर्थन गर्ने पृथक्तावादी समूहको नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनी सेनाको आक्रमणबाट जोगाउन आक्रमण गरेको दाबी दोहोर्याएको छ।
यद्यपति विज्ञहरूले रुसी दाबी अनुचित भएको बताएका छन्। पश्चिमा देशहरूले हप्तौँबाट रुसले आक्रमणका लागि कुनै बहाना बनाउन सक्ने बताउँदै आएका थिए।
रुसले आफूले गरेका आक्रमणहरूको लक्ष्यभेदन क्षमता उच्च भएको र सैन्य संरचनालाई मात्रै लक्षित गरिएको दाबी गरेको छ। तर आक्रमणमा ३० जना युक्रेनी सर्वसाधारण नागरिकको मृत्यु भएको विवरणहरू आएका छन्।
रुसी सेनाले युक्रेनी सेना हतियार र आफू रहेको स्थान छोडेर एकसाथ ठूलो सङ्ख्यामा पछि हटेको दाबी गरेको छ।
अर्कोतर्फ युक्रेनले आफ्नो कारबाहीमा ५० जना रुसी अतिक्रमणकारीहरू हताहत भएको र चारवटा रुसी विमान खसालेको दाबी गरेको छ। तर त्यसको पुष्टि हुन सकेको छैन।
युक्रेनका राष्ट्रपतिले देशभित्र हतियार माग्ने जोसुकैलाई पनि हतियार उपलब्ध गराइने बताएका छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्ः युक्रेनमा कतै गोली चलेको आवाज, कतै विस्फोटन
युरोपमा दीर्घकालीन र गम्भीर परिणाम: माक्रोँ
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले रुसले युक्रेनमाथि गरेको आक्रमण युरोपको इतिहासमा एउटा नयाँ मोड भएको टिप्पणी गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फ्रान्स युक्रेनको पक्षमा उभिने बताए।
रुसी कार्यबाट युरोपमा "दीर्घकालीन र गम्भीर" परिणाम पर्ने उनको भनाइ छ।
उनले फ्रान्सले रुसविरुद्ध रुसी आक्रमकताको तहअनुसार प्रतिबन्ध लगाउने बताए। उनका अनुसार सैन्य, अर्थतन्त्र र ऊर्जाको क्षेत्रमा कडा प्रतिबन्ध लाग्न सक्छ।
यूकेले युक्रेनलाई थप सहयोग दिने
यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफूले युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको र सहयोग दिने प्रस्ताव गरेको बताएका छन्।
आफ्नो त्रास सही निस्किएको र रुसले आक्रमण गर्न सक्ने चेतावनी मिलेको उनको भनाइ थियो।
जोनसनले भनेः रुसका राष्ट्रपति पुटिनले युरोपमा युद्ध आरम्भ गरेका छन्। एउटा मित्रराष्ट्रमाथि कुनै पत्यारलाग्दो निहुँबिनै आक्रमण गरेको उनको भनाइ थियो।
उनका अनुसार पूरै बेकसुर जनतामाथि बमको वर्षा भइरहेको छ।
"आकाशबाट र समुद्रबाट ठूलो आक्रमण भइरहेको छ।"
युरोपको दोस्रो ठूलो देश युक्रेनले दशकौँदेखि स्वतन्त्रता र प्रजातन्त्र उपभोग गर्दै आएको स्मरण गर्दै जोनसनले भने, "हामी स्वतन्त्रतालाई मासिन दिन सक्दैनौँ। हामी सक्दैनौँ र बेवास्ता गर्दैनौँ।"
युक्रेनलाई यूकेले प्रतिरक्षाका लागि अस्त्र पठाएको उल्लेख गर्दै उनले अरू साझेदारहरूले पनि त्यसै गरेको तथा आगामी दिनमा पनि यूकेले सघाउने उनको भनाइ छ। तर त्यसबारे उनले थप खुलाएनन्।
टेलिभिजन सम्बोधनमा जोनसनले रुसी आक्रमणलाई "पुटिनको घृणित र बर्बर काम" भनेर निन्दा गरे।
पुटिनले युक्रेनमा "हिंसाको ज्वारभाटा" सिर्जना गरेको आरोप जोनसनले लगाए।
रुसी जनतालाई सम्बोधन गर्दै उनले "तपाईँहरूको नाममा" यसो भइरहेको आफूलाई विश्वास नलागेको बताए।
युक्रेनी जनतालाई सम्बोधन गर्दै जोनसलने भनेः "हामी तपाईँहरूको साथमा छौँ। हामी तपाईँहरू र तपाईँहरूका परिवारका लागि लागि प्रार्थना गर्दैछौँ।"
‘रुसी आक्रमणबाट ४० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु’
रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा
बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा
मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ।
किएभका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन्।
युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर
खसालिदिएको जनाएको छ।
तर रुसको
रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ।
तस्बिर स्रोत, Getty Images
युक्रेनद्वारा रुससँग कूटनीतिक सम्बन्ध विच्छेद
युक्रेनले रुससँग कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडेको
युक्रेनी राष्ट्रपतिले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एउटा प्रेस
ब्रिफिङमा बोल्दै सम्बन्ध तोडिएको घोषणा गरेका हुन्।
फरक प्रसङ्गमा राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराइने बताएका छन्।
युक्रेनमा रुसले गरेको हमलाको अन्तर्राष्ट्रिय
समुदायबाट कडा आलोचना एवं निन्दा भइरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि
विश्वले रुसलाई “उत्तरदायी बनाउने” बताएका छन्।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले “रक्तपात र विध्वंसको बाटो रोजेको” प्रतिक्रिया दिएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो
गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।
युक्रेनद्वारा सबै यात्रुवाहक विमानको उडान बन्द
युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको
हवाई क्षेत्र बन्द गरिएको जनाएको छ।
यात्रुवाहक विमानको उडान सुरक्षा “उच्च
जोखिम”मा रहेका कारण किएभको समय अनुसार ०२:४५
बजेदेखि सबै उडान रद्द गरिएको हो।
“यात्रुवाहक
उडानका निम्ति युक्रेनी हवाई क्षेत्रमा हवाई ट्राफिक सेवाको प्रावधान निलम्बन
गरिएको छ,”हवाई ट्राफिक सेवाले भनेको छ।
तस्बिर स्रोत, Reuters
युक्रेनले अवकाश प्राप्त सैनिकलाई ‘हतियार दिने’
प्रहरीलाई
उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार रुसले सैन्य अतिक्रमण गरेपछि युक्रेनले
आफ्ना अवकाश प्राप्त सैनिकहरूलाई हतियार दिने भएको छ।
युक्रेनका
नागरिकहरूलाई भूगोल रक्षा एकाइहरूमा सामेल हुन प्रोत्साहित गर्न थालिएको भनिएका
बेला पछिल्लो विवरण सार्वजनिक भएको हो।
प्राप्त विवरणहरूमा जनाइएअनुसार रुसी सेनाले युक्रेनी सैन्य
पूर्वाधार, विमानस्थल लगायतलाई निशाना बनाइरहेको छ।
रुसी आक्रमणबाट अहिलेसम्म आठजना मारिएको युक्रेनी प्रहरीले
जनाएको छ।
युक्रेन-रुस तनावबारे नेपालले के भन्यो
नेपालले युक्रेन-रुस तनावबारे बोल्दै नेपालले
विकसित घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।
बिहीवार एउटा वक्तव्य
जारी गर्दै परराष्ट्र मन्त्रालयले “तनाव बढ्न नदिन सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन” अपील गरेको छ।
“संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले राष्ट्रसङ्घीय
वडापत्रमा उल्लिखित सार्वभौमसत्ता र क्षेत्रीय
अखण्डताका सिद्धान्तलाई कुनै पनि सदस्य राष्ट्रले उल्लङ्घन गर्न नमिल्ने र यसको
पूर्ण रूपमा सम्मान गर्नुपर्ने धारण राख्छ,” नेपालले भनेको छ।
युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको
ज्यान गएको बताएको छ।
अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान
गएको छ भने सात जना घाइते भएका छन्।
त्यहाँ अन्य १९ जना हराइरहेका छन्।
मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ।
जोन्सनले आकस्मिक कोब्रा बैठकको अध्यक्षता गर्ने
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले सरकारका
विभिन्न निकायहरूको सहभागिता हुने आपत्कालीन 'कोब्रा' बैठकको अध्यक्षता गर्न लागेको डाउनिङ
स्ट्रीटले बताएको छ।
आजै ब्रिटिश संसद्को तल्लो सदन 'हाउस अफ कमन्स'मा सम्बोधन गर्नुअघि उनले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन्।
ब्रिटिश
समय अनुसार बिहान ७:३० बजे
उक्त बैठक हुँदैछ। त्यसमा युक्रेनमा भएको “भयानक आक्रमण”बारे छलफल हुने बताइएको छ।
जोन्सनले
जी सेभेन राष्ट्रका नेताहरूसँग पनि छलफल गर्ने बताइएको छ।
जोन्सनले
पहिले नै भ्लादिमिर पुटिनले “रक्तपात
र विध्वंशको मार्ग रोजेको” बताइसकेका
छन्।
उनले
यूके र उसका साझेदारले निर्णायक जवाफ दिने पनि बताएका छन्।
रुसी सैन्य टुकडीले सीमा पार गर्यो- युक्रेनी सीमा सुरक्षा सेवा
रुसी सैन्य टुकडी युक्रेनको उत्तरी चेर्निहिभ
र सुमी क्षेत्रहरू तथा पूर्वी लुह्यान्स्क र खार्किभ क्षेत्रमा प्रवेश गरेको युक्रेनको
सीमा सुरक्षा सेवा (डीपीएसयू) ले बताएको छ।
रुसी सैनिकहरूले तोप हानेको उसले
बताएको छ।
डीपीएसयूका अनुसार उसका केही
सुरक्षाकर्मी घाइते भएका छन्।
युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले
"शत्रुलाई रोक्नका लागि सबै उपायहरू गरिरहेको" बताएको छ।
रुसका पाँचवटा विमान खसाल्यौँ: युक्रेनी सेना
युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र
एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ।
“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,” सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ।
रुसी रक्षा
मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ।
रुसले युक्रेनी सैन्य
पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ।
रुसले 'पूर्ण स्तरको आक्रमण' शुरू गर्यो : युक्रेनी विदेशमन्त्री
युक्रेनका
विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’’ बताएका छन्।
उनले युक्रेनले ‘‘आफ्नो रक्षा गर्ने’’ बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने
विषयमा जोड दिएका छन्।
रुसले पूर्वी
युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘‘भीषण
गोलाबारी’’
गरेको युक्रेनको
सैन्य बलले जनाएको छ।
रुसले युक्रेनको
राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा
पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ।
युक्रेनको हवाई बलले
रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
किएभका बासिन्दाले राजधानी छोड्न थाले
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्थानीय समय
अनुसार ५:५५ बजे सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमाति हमला शुरू
गरिएको विवरणहरूमा जनाइएको छ।
युक्रेनी राजधानी किएभमा आपत्कालीन साइरन बज्न
थालेको छ र मानिसहरूले राजधानी छोडिरहँदा सडकमा कारहरूको ठूलो लाइन देखिएको छ।
मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह-समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ।
किएभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक
हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा
पोस्ट गरेका छन्।
तस्बिर स्रोत, Reuters
युक्रेनमा रुसी हमलाबारे कसले के भने?
युक्रेनमा रुसले गरेको हमलाबारे
अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया आउने क्रम जारी छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी कदमका लागि उसलाई "विश्वले उत्तरदायी बनाउने" बताएका छन्।
रुसविरुद्ध अमेरिकाले चाल्ने थप कदमबारे बाइडनले
अमेरिकी नागरिकलाई सम्बोधन गर्ने तय भएको छ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले पुटिनले "रक्तपात
र विध्वंस"को बाटो रोजेको प्रतिक्रिया दिएका छन्।
थप कदमबारे छलफल गर्न उनले उत्तर एट्लान्टिक
सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गसँग कुराकानी गरेका छन्।
मस्कोमाथि थप प्रतिबन्धहरू लगाउन युरोपेली सङ्घ
ईयूका नेताहरू आज साँझ बैठक बस्न लागेका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो
गुटेरसले लडाइँ रोक्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका छन्।