तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङ्कङः नयाँ प्रमुख कार्यकारी छान्ने चुनाव किन सारियो
हङ्कङको कार्यकारी परिषद्ले मार्च २७ तारिखका लागि तय गरिएको प्रमुख कार्यकारी चयन गर्ने चुनाव मे ८ मा सार्ने प्रस्ताव पारित गरेको छ।
त्यस्तो गर्नुमा परिषद्ले विद्यमान आपत्कालीन कानुनलाई आधार देखाएको छ।
बेइजिङस्थिति चिनियाँ सरकारले आफ्नो रिपोर्टलाई अनुमोदन गरेपछि उनले चुनाव सार्ने प्रस्ताव परिषद्मा लगेकी थिइन्।
नयाँ प्रमुख कार्यकारीले जुलाई महिनामा कार्यभार सम्हाल्नेछन्।
वर्तमान कार्यकारी लाम पनि दोहोरिन सक्छिन् अथवा नयाँ अनुहार पनि आउन सक्ने बताइएको छ।
बेइजिङ समर्थक राजनीतिज्ञ र व्यापारीहरूको वर्चस्व रहेको निर्वाचन समितिले नेता चयन गर्नेछ।
किन ठूलो विषय हो?
ब्रिटेनले सन् १९९७ को जुलाई १ मा बेइजिङलाई हङ्कङ सुम्पेयता आलोचकहरूले प्रमुख कार्यकारीको चुनावलाई "सानो समूहभित्र हुने चुनाव" भन्दै आएका छन्।
सन् २०१७ मा सम्पन्न चुनावमा क्यारी लाम निर्वाचन समितिका १,२०० जनामध्ये ७७७ जनाको मत ल्याई निर्वाचित भएकी थिइन्।
परिवर्तित व्यवस्थाअनुसार यसपालि १,५०० सदस्यले नयाँ नेतृत्व चयन गर्नेछन्।
चीनले एक वर्षअघि हङ्कङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन पनि लागु गरेको छ।
सन् २०१९ मा कोभिड महामारी शुरू भएयता चुनाव स्थगित भएको हङ्कङमा यो पहिलो पटक होइन।
यसअघि सन् २०२० को सेप्टेम्बरमा प्रमुख कार्यकारी क्यारी लामले कार्यकारी परिषद्को चुनाव स्थगित गरेकी थिइन्।
कार्यकारी परिषद्को चुनावमा थोरै मतदाता सहभागी हुने भए पनि उनले सरकार कोभिड नियन्त्रणमा केन्द्रित भएको भन्दै चुनाव स्थगित गरेकी थिइन्।
त्यो निर्णय चिनियाँ राष्ट्रपति सी जिन्पिङका निर्देशनहरूको मर्म अनुरूप भएको लामको तर्क रहिआएको छ।